आरोहण गुरुकुल विराटनगरमा ‘प्रलय प्रतिक्षा’

<span class='c1'>आरोहण गुरुकुल विराटनगरमा</span> <span class='c2'>‘प्रलय प्रतिक्षा’</span>

विराटनगर । आरोहण–गुरुकुल विराटनगरमा नाटक ‘प्रलय प्रतिक्षा’ मञ्चन भइरहेको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा गत शुक्रबारदेखि कथाकार देवकुमारी थापाको कथामा आधारित नाटक मञ्चन भइरहेको हो । अन्धविश्वासको माध्यममार्फत संकटकालिन मनोवैज्ञानिक अवस्थितीलाई नाटकले बोल्ने प्रयास गरेको छ । धिरज राईले नाट्य रुपान्तरण गरेर निर्मल शर्माले नाटक निर्देशन गरेका हुन् । आगामी २५ गतेसम्म मञ्चन हुने उक्त नाटकमा प्रदीप दाहाल, अनुशा कटुवाल, दीक्षा चौधरी, अतित निरौला, संगिता यादव, भरत कार्की, अजय सुवेदी, कञ्चन दास, सुगल अधिकारी, विकास पराजुली, रिया सिग्देल, आयुष कोइराला र निराजन शाहले अभिनय गरेका छन् । विराटनगर महानगरपालिकाले प्रवद्र्धन गरेको उक्त नाटक हेर्न दर्शकहरुको उपस्थिती उल्लेख्य रहेको

आरोहण–गुरुकुल विराटनगरका अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटक मञ्चन अघि नयाँ कलाकारहरुलाई ७ दिन प्रशिक्षण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्