चोरीका ल्यापटप र मोवाइलसहित भारतीय नागरिक पक्राउ

चोरीका ल्यापटप र मोवाइलसहित भारतीय नागरिक पक्राउ

विराटनगर । ल्यापटप तथा मोवाइल चोरीमा संलग्न आरोपमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुढीगंगा गाउँपालिका–४ मा बीआर१० एन ६६१७ नम्बरको मोटरसाइकलमा सवार भारत सिपौल भीमनगर ग्रामपञ्चायत–२ बस्ने ३१ वर्षीय नबिन देवललाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उनलाई आशंका राखेर नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा एकथान ल्यापटप, विभिन्न कम्पनीका ६ थान मोवाइल, भारतीय रुपिँया ४० हजार र नेपाली ९ हजार ४२ रुपिँया र खुकुरी एकथानसहित नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । तर, इलाका प्रहरी कार्यालय नेमुवाको टोलिले पक्राउ गरेको भारतीय नागरिकले कसको सामान चोरी गरे भन्ने खुलाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्