जिल्ला न्यायाधीशद्वारा विराटनगर महानगरको न्यायिक समितिको अनुगमन

<span class='c1'>जिल्ला न्यायाधीशद्वारा विराटनगर महानगरको</span> <span class='c2'>न्यायिक समितिको अनुगमन</span>

विराटनगर । मोरङका जिल्ला न्यायाशीध भरत लम्सालले विराटनगर महानगरपालिकाको न्यायिक समितिले गरेको कामकारबाहीको अनुगमन गरेका छन् । महानगरमै आएर न्यायाधीश लम्सालले न्यायिक समितिले गरेका कामकारबाहीका बारेमा अनुगमन गरेका हुन् ।

हरेक वर्ष जिल्ला न्यायाधीशले स्थानीय पालिकाको न्यायिक समितिले गरेका कामकारबाहीका विषयमा अनुगमन गर्ने संविधानले नै व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार न्यायाधीश लम्सालले महानगरको न्यायिक समितिले गरेको कामका बारेमा अनुगमन गरेको हो । सो क्रममा उनले महानगरको न्यायिक समितिले गरेका काम सन्तोषजनक रहेको बताए । न्यायाधीश लम्सालले न्यायिक समिति मिनी अदालत नै भएकाले निष्पक्ष रुपमा कार्यसम्पादन गर्न आग्रहसमेत गरे ।

सो क्रममा न्यायाधीश लम्सालसहितको टोलीलाई महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले स्वागत गरेका थिए । न्यायिक समितिमा चालु आर्थिक वर्षको हालसम्म २ सय ४ वटा मुद्दा दर्ता भएकोमा १ सय ६३ वटा फस्र्यौट भइसकेको कानुन शाखाकी शाखा अधिकृत शारदा थपलियाले जानकारी दिए । न्यायिक समितिमा परेका मुद्दामध्ये जग्गा, श्रीमान्–श्रीमतीबीचको विवाद, गालीबेइज्जती, फोहोरमैला सम्बन्धित बढी रहेको न्यायिक समितिका सल्लाहकार परमेश्वर नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्