लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा, बिबिध कार्यकर्म गरेर मनायो वार्षिकोत्सव

<span class='c1'>लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा,</span> <span class='c2'>बिबिध कार्यकर्म गरेर मनायो वार्षिकोत्सव</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरेर मनाएको छ ।
२०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भर्इ निरन्तर सामाजिक कार्य , खेलकुद एवं विपद तथा राहत कार्यमा आफ्नो पहिचान बनाउँदै आएको छ । जहदा गाउँपालिकाको सभाहलमा कार्यक्रम चौंथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।

जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहको प्रमुख अतिथिमा क्लबले आफुले हालसम्म गरेको कार्यक्रमको प्रस्तुती गरेको थियो । क्लब उत्कृस्ट सदस्यहरुलाई सम्मान, क्लवमा आबद्ध हुनचाहानेहरुलाई स्वागत, नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान लगायत केक काटेर चौथो वार्षिकोत्सव मनाएको हो।

जहदा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी राजकुमार यादव र क्लबका सल्लाहकार बिनिता सिंहको उपस्तिथी रहेको थियो। क्लबले जहदा गाउँपालिकाबाट निर्वाचित अध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलाई खादा तथा फ्रेम सहितको सम्मानपत्रले बधाई तथा सम्मान गरेको थियो।

क्लबके स्थापनाकालदेखि बर्तमानसम्म गरेका कार्यक्रमहरुको बारेमा क्लबका केन्द्रिय सचिव अभिषेक साहले प्रोजेक्टरमा प्रिजेन्टेसन मार्फत जानकारी गराएका थिए। क्लबका आस्था राखी नयाँ सदस्य बन्न इच्छुक ९ जनालाई खादा तथा अबिरले जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले स्वागत गरेका थिए। लक्ष्मीनिया युवा क्लबमा आवद्ध भई सामाजिक सेवामा सक्रिय १२ जनालाई समेत क्लबले खादा, अबिर तथा फ्रेम सहितको सम्मानपत्रले सम्मान गरिएको क्लबका केन्द्रिय अध्यक्ष नितेश साहले जानकारी दिए।

क्लबले गरेको सामाजिक कार्य, कोभिडको समयमा आफ्नो ज्यानको प्रवाह नगरी कोरना पिडितको घरमा निर्मलिकन गरेको, खाद्यन एवं राहत् वितरण गरेको लगायत कार्यको प्रसंसा गर्दै जहदा गाउँपालिकाका साथसहयोग रहने भनी आफ्नो मन्तव्यमा जनप्रतिनिधीहरुले आस्वासन दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्