टिभिएस अपाचे आरटिआर १६० फोर भि रेस मोटरसाईकलको शोरुम विराटनगरमा संचालन आउदै

टिभिएस अपाचे आरटिआर १६० फोर भि रेस मोटरसाईकलको शोरुम विराटनगरमा संचालन आउदै

विराटनगर । टिभिएस अपाचे आरटिआर १६० फोर भि रेस पूर्वी नेपाली बजारमा प्रवेश गराउने भएको छ ।

टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले पूर्वी नेपाली बजारमा ल्याउने भएको हो । रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नयाँ डायलले यो मोटरसाइकललाई स्टाइलिस लुक्ससहित पूर्वी बजरमा ल्याउन लागेको हो । सार्वजनिक हुन लागेको मोटरसाइकलको मोडलमा यस वर्ग मै पहिलो र सबैभन्दा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । यस मोटसाइकलको आरटिआइएफ टेक्नोलोजीयुत्तः इन्जिन रहेको छ । अटोमोबाइल जगतमा आरटिएफसि टेक्नोलोजिलाई उत्कृष्ट मानिएको छ ।

यो मोटरसाइकल विराटनगरको पिपलचौक स्थित आधिकारीक शोरुम केशरी चन्द भवरलालबाट असार २२ गते सार्वजानिक गर्ने तयारी गरिएको छ । उक्त शोरुमको उद्घाटन पनि सोही दिन हुने भएको छ । विराटनगरमा नयाँ खुल्न लागेको शोरुम पूर्वी नेपालको सबैभन्दा ठूलो भएको दाबी गरिएको छ । सो शोरुमको उद्घाटन प्रदेश १ का आन्तरिक मामलिा तथा कानुन मन्त्री केदार कार्कीले गर्ने भएका छन् । कार्यक्रममा चर्चित गायक शिव परियारको पनि उपस्थिती रहने भएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसको आधिकारिक विक्रेता हो ।

नेपालभर १३२ भन्दा बढी डिलरहरु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्