विराटनगरका सडकबाट सहयोगापेक्षी व्यक्तिको उद्धार

विराटनगरका सडकबाट सहयोगापेक्षी व्यक्तिको उद्धार

विराटनगर । विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिक स्थलमा बसेर सहयोग दान मागेर खानेहरुलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान सुरु गरेको हो ।

भारतीय नागरिकसमेत मन्दिर र सार्वजनिक स्थलहरुमा आएर माग्ने प्रवृत्ति बढेपछि महानगरले सडक मानवमुक्त अभियान सञ्चालन गरेको मेयर नागेश कोइरालाले बताउनुभयो । काम गरेर खान सक्ने अवस्थाका व्यक्तिहरु पनि माग्न बस्ने गरेपछि बल प्रयोग गरेर हटाइएको छ ।
अशक्त र सहाराविहीनहरुलाई विराटनगरस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको छ । “बलकै काम गरेर पनि खान सक्ने व्यक्तिहरु पनि माग्ने लाइनमा बसेको देखियो । यो समाजका लागि ठीक होइन ।’ मेयर कोइरालाले उद्धार अभियानका क्रममा भन्नुभयो–काम गर्न सक्नेले त काम गरेर खानु प¥यो ।

सहाराविहीन र काम गर्न नसक्नेहरुका लागि थुप्रै आश्रमस्थल रहेको बताउँदै मेयर कोइरालाले भारतीयबाट समेत हुलका हुल भीख माग्नेहरु आउन थालेका कारण कडाइ गरिएको बताउनुभयो ।
काम गर्न सक्ने र सहारा भएकाहरुलाई अब आइन्दा भिख नमाग्ने शर्तमा छाडिएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले बताउनुभयो । विराटनगरस्थित काली मन्दिर र शनि मन्दिरका साथै सार्वजनिक स्थलहरुबाट हालसम्म २४ जनाभन्दा बढीको उद्धार गरिएको पौडेलले जानकारी दिनुभयो । काम गर्न नसक्ने र सहाराविहीलाई मानव सेवा आश्रमको जिम्मा लगाइएको बताउनुभयो ।

उद्धारका लागि महानगर प्रहरी पुग्दा धेरै व्यक्ति भागेका थिए । यसैबीच, महानगरले फुटपाथ खाली गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । नाली नै जाम हुनेगरी निर्माण सामग्री राख्दा डुबानको समस्या निम्तिने गरेको छ । त्यस्तै छाडा चौपायालाई नियन्त्रणमा लिने कार्य पनि महानगरले अघि बढाएको छ । खसी, बाख्रा, गाई, भैंसी नियन्त्रणमा लिएर जरिवाना तिराएर सम्बन्धित पशु धनीलाई बुझाइएको महानगर प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्