विराटनगर । रनवेमा स्याल दौडिएपछि विराटनगर विमानस्थलमा मंगलबार साँझ करिब २० मिनेट जहाज होल्ड भएका छन् ।
स्यालले जहाज अवतरणमा अवरोध गरेपछि धपाउने अवधिभर जहाज आकाशमा होल्ड गर्नु परेको हो । विमानस्थलका प्रबन्ध युबल बरालका अनुसार जहाज होल्ड गरेर स्याल धपाएपछि जहाज अवतरण गराइएको थियो ।
त्यसपछि लगातार तीन जहाज अवतरण गराएर अहिले पुन: उडान सुरु भइसकेको छ ।