अखिल क्रान्तिकारीको समानान्तर कमिटी घोषणा, केन्द्रीय मधेशी विभाग प्रमुखमा दिपेन्द्र

<span class='c1'>अखिल क्रान्तिकारीको समानान्तर कमिटी घोषणा,</span> <span class='c2'>केन्द्रीय मधेशी विभाग प्रमुखमा दिपेन्द्र</span>

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले पवन कार्कीको नेतृत्वमा एक सय ९९ केन्द्रीय समितिसहितको समानान्तर कमिटी घोषणा गरेको छ ।

सहिद परिवार सदस्य कमरेड प्रतीक कार्कीको सभापतित्वमा शनिबार बसेको भेलाले पवन कार्कीको  नेतृत्वमा एकसय ९९ सदस्यीय विशेष राष्ट्रिय भेला आयोजक समिति निर्माण गरेको  हो । सो समूहका नेता उपदेश यादवकाअनुसार आयोजक समितिमा वर्तमान र पूर्व पदाधिकारीसहित ईन्द्र लामा, उपदेश यादव, बालकुमार केसी, सागर केसी, वसन्ता भण्डारी, समीर बुढाथोकीलगायत रहेका छन ।

संगठन विभाग, प्रशिक्षण विभाग, स्वयमसेवक विभाग लगायत महत्वपूर्ण विभाग गठन गरेको सो समूहले देशभर संगठन पुनर्गठन अभियान चलाउने निर्णय लिएको छ । साथै, राष्ट्रियता, जनजीविका, जन्तन्त्रको सवालमा संघर्स गरेर अघि बढ्नेसहित शैक्षिक कार्यक्रम, सांगठनिक कार्यक्रम सार्वजनिक गर्दै निरन्तर संगठन निर्माणको दिशामा अघि बढेको यादवले जानकारी दिए ।

कमिटिमा विराटनगरका युवा नेता  दिपेन्द्र मेहता अखिल क्रान्तिकारीको केन्द्रीय मधेशी विभाग प्रमुखमा नियुक्त भएका छन् यस्तै भरत घिमिरे प्रदेश १ संयोजक,अमर मन्डल पुर्वान्चल विश्वबिद्यालय संयोजक, आयोजक समिती सदस्यहरुमा दिपु यादव, सागर धमला,किरण लिङ्देन,इमरहान मन्सुरी,एहसान अन्सारी ,प्रतीक कडरिया ,उमेश सेन्चुरी लगायत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्