विराटनगरलाई बालश्रममुक्त बनाउने अभियान, वडाअध्यक्षको घरमा टाँसियो पहिलो स्टीकर

विराटनगरलाई बालश्रममुक्त बनाउने अभियान, वडाअध्यक्षको घरमा टाँसियो पहिलो स्टीकर

विराटनगर । विराटनगरलाई बालश्रममुक्त बनाउने अभियानको सुरूवात गरिएको छ । विराटनगरका प्रमुख नागेश कोइराला तथा उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार ११ नम्बर वडाका अध्यक्ष तिर्थेन्द्र नेउपानेको घरमा ‘बालश्रममुक्त’ घरु लेखिएको स्टिकर टाँसेर अभिायनको शुभारम्भ गरेका हुन् ।

लामो समयदेखि विराटनगरलाई बालमैत्री नगर बनाउने अभियान चल्दै आएको छ । महानगरले प्राथमिकतामा राखेर बालश्रममुक्त बनाउने घोषणासहित कार्यक्रम सुरु गरेको छ । विराटनगर महानगरपालिकामा कति बालबालिका बालश्रममा संलग्न छन् भन्ने यकिन तथ्यांक अहिले छैन । पाँचवर्ष अगाडीको तथ्यांक भने ५५२ जना बालबालिका बालश्रममा संलग्न रहेको देखिन्थ्यो ।

अभियानको सुरुवात गर्दै प्रमुख कोइरालाले महानगरलाई समृद्ध बनाउने लक्ष्य अनुरुप बालबालिकालाई श्रम नभएर विद्यालयमा भर्ना गर्न अभिप्रेरित गर्ने बताएका थिए । यसैगरी उपप्रमुख कार्कीले महानगरलाई समृद्ध बनाउन भविष्यका कर्णधार मानिएका बालबालिकालाई विद्यालयमा भर्ना गरेर शिक्षित बनाउनुपर्ने जरुरी रहेको दावी गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्