विराटनगर । सरकारले असार २६ गते आइतबारका दिन देशभरी नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
२६ गते आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा) को दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्षमा हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले सुचना जारी गर्दै जानकारी दिएका हुन् ।