विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक उडानको हवाई भाडा फेरि बढेको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा पाँच रुपैयाँले बढाएसँगै एक सय ९० रुपैयाँ पुर्याएपछि वायु सेवा सञ्चालक सङ्घ नेपाल (आयोन) ले पनि हवाई भाडा बढाएको हो । बढेको भाडा भने भोलिदेखि लागू हुने सङ्घले जनाएको छ ।
सबैभन्दा बढी धनगढीको भाडा दुई सय २० रुपैयाँले बढेर अधिकतम १७ हजार २५ रुपैयाँ पुगेको छ । भने नेपालगञ्जको १३ हजार नाै सय ८०, सुर्खेतको १४ हजार नाै सय ९५, भद्रपुरको १२ हजार नाै सय ५५ र विराटनगरको भाडा १० हजार २५ रुपैयाँ पुगेको छ ।
सबैभन्दा कम भाडा सिमराको ४५ रुपैयाँले बढेर अधिकतम भाडा चार हजार दुई सय ५० रुपैयाँ पुगेको सङ्घले जानकारी दिएको छ ।
फोटो:फाईल