सञ्चारकर्मी सञ्चार सहकारीद्वारा विराटनगरका चार पत्रकार सम्मानित हुने

सञ्चारकर्मी सञ्चार सहकारीद्वारा विराटनगरका चार पत्रकार सम्मानित हुने

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

सहकारीले शिक्षक मासिक काठमाडौंका सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सरदारलाई सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको ११ औंं स्थापना दिवसको अवसर पारेर उनीहरुलाई सम्मान गर्न लागिएको संस्थाले जनाएको छ । संस्थाका अनुसार शिक्षक मासिकका सम्पादक दाहाल यसै वर्ष स्थापित तोरेन्द्र–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका छन् । डा सम्झना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमान सिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशी ५१ हजार रहेको छ ।

यस्तै पत्रकार मानन्धर २०७५ सालदेखि प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । समाजसेवी दीनबन्धु गोयलले आफ्ना दाजुको नाममा राखेको सो पुरस्कारको राशि ५० हजारको रहेको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरेका छन् । सो अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरिकाका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गरिदै आईएको छ । यसभन्दा अगाडि सो पुरस्कारबाट इलामका पत्रकार भीम चापाँगाईं, काठमाडौंका पत्रकार गजेन्द्र बुढाथोकी, विराटनगरका पत्रकारद्वय अनन्तराज न्यौपाने र मीनकुमार श्रेष्ठ पुरस्कृत भईसकेका छन् ।

यस्तै, २०७९ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार संस्थाले पत्रकार भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसअघि सो पुरस्कारबाट पत्रकार कुमार लुइँटेल, मोहन मानन्धर, उद्धव घिमिरे, अभय राई, देवनारायण साह, मोहम्मद सदरुल र तारा आचार्य पुरस्कृत भईसकेका छन् । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहालसहित दाहाल परिवारद्वारा स्थापित मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र भएका सञ्चार श्रमजीवी भई उत्कृष्ट कार्य गर्ने १ जनालाई प्रत्येक वर्ष २१ हजार नगद राशिसहित सम्मान गरिदै आएको छ ।

यसैगरि पत्रकार उषा सरदार २०७९ सालको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएकी छन् । सो पुरस्कारको राशि १० हजारको रहेको छ । यसअघि सो पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई, बिनु तिम्सिना, ज्योती चौहान, उमा पोखरेल, राजकुमारी तामाङ र एलिना दियाली पुरस्कृत भईसकेका छन् ।

मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार पूर्वाञ्चलमा रहेर कार्य गरिरहेका महिला पत्रकारलाई मात्र प्रदान गरिन्छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७९ असार २१ गते मंगलबार बसेको बैठकले चारै वटा पुरस्कारको घोषणा गरेको हो । चारै वटा पुरस्कार संस्थाको एघारौं स्थापना दिवसको अवसरमा २०७९ असार २७ गते प्रदान गरिने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्