विराटनगरको एभरेष्टमा बास्केटबल र स्विमिङ प्रतियोगिताको तयारी पुरा

विराटनगरको एभरेष्टमा बास्केटबल र स्विमिङ प्रतियोगिताको तयारी पुरा

विराटनगर । यहि असार २४ गते आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमीङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । प्रदेश नं १ का विभिन्न विद्यालयहरुबाट यसै वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुको १२ वटा टिमको सहभागिता रहने बास्केटबल प्रगियोगिता एभरेष्ट कलेजकोे सुविधासम्पन्न बास्केटबल कोर्टमा आयोजना हुने छ ।

विराटनगर बास्केटबलको आयोजनामा हुने प्रतियोगिताको मुख्य प्रायोजक एभरेष्ट कलेज रहेको छ । प्रदेश १ कै ठूलो पुरस्कार राशि राखिएको बास्केटबल प्रगियोगिताको विजेता टिमले नगद रु ५० हजार, उपविजेताले ३० हजार र तृतिय हुने टिमले २० हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन । प्रदेश १ मा बास्केटबल खेलको विकास तथा प्रवर्धन गर्ने उदेश्यका साथ ठूलो पुरस्कार राशिका साथ यो प्रतियोगिता आयोजना गरिएको र आगामी दिनमा पनि निरन्तरता दिईने कलेजका प्राचार्य टिकाराम पुरीले बताउनुभयो ।

यस्तै २४ गते नै एसई ई दिएर बसेका विद्यार्थीहरुविच पौडी प्रतियोगिता आयोजना गरिने भएकोे छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमश रु ७ हजार, ५ हजार र ३ हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारका अतिरिक्त विजेता खेलाडिहरुले एभरेष्टमै अध्ययन गर्न चाहेमा कलेजले उनिहरुलाई विशेष छात्रवृत्ति समेत प्रदान गर्ने एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख नारायण कडरियाले बताउनुभयो । पौडी प्रतियोगिता भने एभरेष्ट कलेजले नै आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्