श्रीश्री रविशंकर विद्या मन्दिरमा वैदिक गणितको अभिमुखिकरण

श्रीश्री रविशंकर विद्या मन्दिरमा वैदिक गणितको अभिमुखिकरण

विराटनगर । विराटनगर-२ मा रहेको श्री श्री रविशंकर विद्या मन्दिरले वैदिक गणितको एक दिने अभिमुखीकरण तालिमको आयोजना गरेको छ ।

विद्यालयले स्कुलका विद्यार्थी, शिक्षक एवं अभिभावकलाई समेत सहभागीता गराएर एकदिने वैदिक गणितको अभिमुखिकरण गराएको हो ।
वैदिक गणितको अभिमुखीकरण कार्यक्रमका मुख्य प्रशिक्षक भारतका ख्याति प्राप्त डा. योगेश चन्दना रहेका थिए । उनलाई श्री श्री रविशंकर विद्या मन्दिर ट्रस्ट बेंगलोरले कार्यक्रमको लागी पठाएको थियो ।

डा.योगेश यस क्षेत्रमा २५ वर्षको अनुभव हरेका कारण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई वैदिक गणितद्वारा जोड, घटाउ, गुणन, भागा जटिल प्रश्नलाई सरल रुपमा कैलकुलेटर आदिको प्रयोग नगरी सजिलै हल गर्ने विधिका शुत्रहरु प्रदान गरेका थिए । अभिमुखिकरण कार्यक्रममा विभिन्न सामुदायिक एवं संस्थागत विद्यालयका प्रिन्सीपल, शिक्षक एवं विद्यार्थीको साथमा प्याबसन बिराटनगरका पदाधिकारीहरुको समेत सहभासगिता रहेको थियो । श्री श्री रविशंकर विद्या मन्दिरले यसै वर्षदेखि वैदिक गणित आफ्नो पाठ्यक्रममा सामेल गराउन लागेको छ ।

विभिन्न तरिकाहरु तथा सूत्रहरुको प्रयोग गरी अंकिय गणना गर्ने सरल तथा छिटो छरितो विधीबाट वैदिक म्याथमेटिक्स सम्बन्धी विद्यार्थी शिक्षक तथा अभिभावकहरुलाई एक दिने वर्कसप गराइएको प्रिन्सीपल अग्रवालले बताउनुभयो ।

साथै कार्यक्रममा ‘रेड बिटविन द लायन्स’ क्लवले श्री श्री रविशंकर विद्या मन्दिर स्कुलकी प्रिन्सिपल सिमा अग्रवाललाई त्यस कार्यक्रमको ट्रेनरको रुपमा प्रमाणपत्र र पिन प्रदान गरेको छ । क्लबका तर्फबाट डा. पार्थ गुरागाईले प्रमाणपत्र प्रदान गर्दै सिमा अग्रवाल नेपाल मै प्रथम ट्रेनरको रुपमा प्रमाणपत्र प्राप्त गर्ने व्यक्ति रहेको जानकारी दिनुभयो ।

स्कुलले विद्यार्थीको वौद्धिक क्षमता अभिवृदी गराउन वेला वेलामा पढाईका अलवा अतिरित्त क्रियाकलाप गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्