प्रिमियम गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘राधाकृष्ण फेशन’

प्रिमियम गुणस्तरको लत्ताकपडाका लागि जोगबनीको ‘राधाकृष्ण फेशन’

विराटनगर । अन्तराष्ट्रिय ब्राण्डका लत्ताकपडा बिक्री गर्ने उद्देश्यका साथ भारतीय बजार जोेगबनीमा श्री राधाकृष्ण फेशन सञ्चालनमा आएको छ ।

बिहीबार एक औपचारिक कार्यक्रमकाबिच पसलको उद्घाटन गरिएको हो । सञ्चालनमा आएको श्री राधाकृष्ण फेशनमा महिला तथा पुरुषका लागि विभिन्न ब्राण्डका लत्ताकपडाहरु उपलब्ध रहेको जनाईएको छ । पसलमा महिलाहरुका लागि साडी, कुर्ता सुरुवाल, लेहेङ्गा र अन्य होम डेकोर आईटमहरु उपलब्ध छन् । पुरुषहरुका लागि पनि रेमण्ड, सियाराम, डिगज्याम, बिमल र ग्वालियर लगायत विभिन्न ब्राण्डका सर्टिङ सुटिङका कपडा तथा फ्याब्रिक आईटमहरु उपलब्ध रहेको श्री कृष्ण फेशनका सञ्चालक सञ्जय अग्रवालले बताए ।

भारतीय बजार जोगबनी लत्ताकपडा खरिदका लागि प्रख्यात छ । भारत मात्रै नभई नेपालका विभिन्न ठाउँहरुबाट दैनिक हजारौं नेपाली उपभोक्ता लत्ताकपडा खरिदकै लागि भारतीय बजार जोगबनी पुग्ने गरेका छन् । यस्तो अवस्थामा ग्राहकहरुलाई प्रिमियर गुणस्तरको लत्ताकपडाहरु उपलब्ध गराउनु नै श्री राधाकृष्ण फेशनको प्रमुख उद्देश्य रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्