विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ बाट मोरङ प्रहरीले ठुलो परिमाणमा भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।
वडा नं. ६ स्थित विनोद केशरीको घरमा भएको गोदाममा छापा मारेर प्रहरीले अवैध रुपमा ल्याएको सामान बरामद गरेको हो । गोदामबाट ४ कार्टुन रसगुल्ला, ५ बोरा छगडा, १० कार्टुन पानीपुरी, ४७ बोरा चिनी र ३२ बोरा हरियो मटर बरामद गरेको छ ।
बरामद गरिएको सामान करिब ३ लाख मुल्य बराबरको रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनले घरधनी पत्ता लागेपनि बरामद गरिएको सामान कसको हो भन्ने बिषय भने हाल नखुलेको जानकारी दिए । उनले भने, ‘गोदाम मालिकको खोजतलाश जारी छ ।’
बरामद गरिएको सामान भने मोरङ प्रहरीले हाल विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।