विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको शालिक राख्नुपर्ने राप्रपाको माग

<span class='c1'>विराटनगरको महेन्द्र चौकमा राजा महेन्द्रको</span> <span class='c2'>शालिक राख्नुपर्ने राप्रपाको माग</span>

विराटनगर । स्व.राजा महेन्द्रको शालिक विराटनगरमा पुनःनिर्माण गर्नुपर्ने माग राख्दै राप्रपाले विराटनगर महानगरका मेयर र उपमेयरलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार महानगर पुगेर राप्रपा नेताहरुले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौला कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विराटनगर स्थित महेन्द्रचोकमा भग्नावशेषकारुपमा रहेको महेन्द्रको शालिक निर्माण सहित संरक्षण गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । यस मागका अलावा स्थानिय तहमा लगाएको दोहोरो कर हटाउनुपर्ने, महानगरभित्र पार्किङ्गको दीर्घकालिन व्यवस्थापन गर्नुपर्ने,सुकुम्बासी समस्या समाधान गर्नुपर्ने लगायतका १९ बुदे माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

राप्रपा विराटनगर महानगर समितिका कार्यबाहक अध्यक्ष सावित्रा न्यौपानेको संयोजनमा गएको टोलीमा राप्रपाका केन्द्रीय सह प्रवक्ता दिनेश साह, केन्द्रीय सदस्य उमा थापा ,मोरङ अध्यक्ष माधब आचार्य, जिल्ला प्रवक्ता कृष्ण घिमिरे ,उपाध्यक्ष चन्देश्वर शर्मा,सचिव टंक गुरागाई ,नेताहरु दिलिप धाडेवा ,राजेश मास्के लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस्तै राप्रपाले देशमा बढ्दो महङ्गी र भ्रष्टाचारको विरोध गर्दे जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्