विराटनगरको सजिलो फिट्नेस एण्ड जिमद्वारा रक्तदान कार्यक्रम

<span class='c1'>विराटनगरको सजिलो फिट्नेस एण्ड</span> <span class='c2'>जिमद्वारा रक्तदान कार्यक्रम</span>

विराटनगर । विरामीलाई रगतको अभाव भईरहेको बेला विराटनगर-४ मा रहेको सजिलो फिट्नेस एण्ड जिमद्धारा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

जिम क्लवले शनिबार बिहान आयोजना गरेको खुला रत्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । क्लवले मासिक रुपमा सामाजिक कार्यक्रमहरु गर्दै आएको सजिलो फिट्नेश एण्ड जिम क्लवका संचालक संजय साहले जानकारी दिए ।

यस अघि सडकमा जेव्र क्रसिङ लगायत अन्य सामाजिक सेवाका कार्य गर्दै आएको साहले बताए ।

रक्तदान कार्यक्रममा विराटनगर ४ का वडा अध्यक्ष जितेन थापा, क्लवका पदाधिकारी र स्थानीय युवाहरुले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्