विराटनगरको महेन्द्रचौकदेखी बरगाछी सम्मको सौन्दर्यतामा छाएको कुरुप

विराटनगरको महेन्द्रचौकदेखी बरगाछी सम्मको सौन्दर्यतामा छाएको कुरुप

प्रेम देवान
विराटनगर । विराटनगर महेन्द्रचौकदेखी बरगाछी सम्मको सडक बीचमा राखिएका डिभाईडरमा उर्मिएका घाँस र बोट विरुवाले यहाँको सौन्दर्यतामा कुरुप छाएको छ ।

सडकको बीच भागमा जङ्गलसरी उर्मेका घाँसे जङ्गलले गर्दा विराटनगरको सौन्दर्यतासँगै सडक दुर्घटना निम्ताउने सम्भावना पनि उत्तिकै देखिन्छ । ६ लेण्ड परियोजना अन्तरगत बनेका डिभाईडरहरुमा महानगरपालीकासँग समन्वय गरेर व्यवस्थित रुपमा आकर्षित फुलका विरुवाहरु रोप्ने योजना बनाईएको थियो । तर आज उक्त कुरा बोलीमा मात्रै सिमित रह्यो । अहिले सो ठाँउमा दुवो लगायत फुलहरु रोप्ने भनेर कसैले पनि ध्यान नदिदा सडकको बीचमा गाईवस्तु चर्ने ठाँउ बनेको छ ।

सडकको बीच भागमा यसरी घाँसे मैदान भएका कारण विभिन्नस्थानबाट गाईबस्तु चर्न आउने गरेका छन् । गाईबाध्ने डोरी सहित सो ठाँउमा छोडिने गरेका कारण सडक दुर्घटना हुन सक्ने सिटी सफारी चालकहरु बताउछन् । सडक बीचमा अव्यवस्थित रुपमा रहेका बोटविरुवाका झ्याङ्गहरुले गर्दा सवारी साधनलाई आउजाउ गरान समेत अफ्ठ्यारो हुने गरेको आनन्द कुमार कामतको भनाई छ ।

डिभाईडरमा फुल र दुवो रोप्ने भनेर घोषणा गरेको लामो समय वितिसक्दा पनि अहिले सम्म नगर्दा सो क्षेत्रको सौन्दर्यीकरणमा समेत कुरुप देखिने स्थानीय व्यापारी राज भट्टराई बताउछन् । सडकको बीचमा रहेका यस्ता खालका बोट विरुवाले गर्दा ट्राफिक प्रहरीलाई समेत चुनौती थपिएको छ । महेन्द्रचौकदेखी बरगाछी चौक सम्म भएका घाँसे जङ्गल र अव्यव्यस्थित रुपमा रहेका बोट विरुवाले गर्दा सवारी दुर्घटना हुने भएका कारण यो विषयमा सम्बधिन्त निकायलाई ध्यानाकर्षण गराउने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायव निरीक्षक शिव शर्माले बताउनुभयो ।

विराटनगरको महेन्द्रचौक उत्तर तिरको बीचभागको डिभाईडरमा त झन बङगुरलाई चारोदिने कर्कलो नै उर्मिएका छन् । सडक नै नदेखिने गरीका सिसौका विरुवाहरुले गर्दा झन सो सडक खण्डको रुप नै कुरुप देखिएको छ । यता बसपार्क दक्षिणभागको डिभाईडरमा भने व्यवस्थित रुपमा दुवो र झार लगाएर सुन्दर बनाईको छ । झट्ट हेर्दा पनि आहा भन्ने त्यहाको दृष्यले तानिरहको हुन्छ ।

देखिएको दृष्य विराटनगर रोडशेषबाट कैद गरिएको हो । रोडको बीचमा यसरी लगाइएको हरियो घाँससंगै दुवोले साचिक्कै सुन्दर नगरी देखिरहेको भान हुन्छ ।

यति हुदाँ हुदै पनि आँखिर विराटनगर महेन्द्रचौकदेखी बरगाछी सम्मको बीचभागमा चाही भने किन यो काम गर्न सकिरहेको छैन त । तत्कालिन मेयर भीम पराजुलीले बरगाछीदेखी मलायरोडको नहर सम्मको बीचभागमा दुवो र फुलहरु रोप्ने भनेर योजना बनाएका थियो । तर अहिले विराटनगर महानगरपालीकाका मेयर फेरिएका छन् । अहिलेका मेयर नागेश कोईरालाले कोशी राजमार्ग अन्तर्गत महेन्द्रचौकदेखी बरगाछी सम्मको डिभाईडरमा फुलहरु रोप्ने काम ६ लेण्ड परियोजनाको पर्ने बताए । तर त्यसो भनिरहदाँ विराटनगरको व्युटिफिकेशन नगर्ने भन्ने चाही हैन , यसको लागी यहाँको मोरङ व्यापार संघ , उद्योग बाणिज्य संघ , विराट व्यापार संघ लगायतका संघ संस्थाहरुसंग समन्वय गरेर उक्त सडकको बीच भागको डिभाईडरमा दुवो र फुलहरु रोप्ने कोईरालालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्