बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई

बकर ईद पर्व उत्साह र समानताको प्रतीक हो : मुख्यमन्त्री राई

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अजाह)को अवसरमा शुभकामना दिँदै प्रदेश -१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले यो पर्व एउटा उत्साह र समानताको प्रतीक भएको बताएका छन् ।

आपसी सद्भावको चाडको रूपमा मनाइने पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको राईले बताए ।

'नेपाल सदियौंदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकका रुपमा रहेको छ । सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवम् सम्बर्द्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो । हाम्रा जुनसुकै पर्वहरू राष्ट्रिय एकताको माध्यम बन्न सकोस् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा गर्दछु', शुभकामना सन्देशमा भनिएको छ ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्