विराटनगरमा एसईइ कप फुटबल प्रतियोगिता ‘२०७९’ सुरु, आज तीन खेल हुने

विराटनगरमा एसईइ कप फुटबल प्रतियोगिता ‘२०७९’ सुरु, आज तीन खेल हुने

विराटनगर । एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता '२०७९' विराटनगरमा सुरु भएको छ ।

सभ्य कला समाजको आयोजनामा विराटनगरमा असार २५ गते शनिबारदेखि सुरु भई असार ३२ गते शनिबार फुटबल प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगितमा मोरङ र सुनसरीका गरी २३ वटा विद्यालयको सहभागी रहेको छ ।

शनिबार भएको उद्घाटन खेलमा सुनसरीको महेन्द्र मेमोरिल बोर्डिङ स्कुल दुहबी विजयी भएको छ । सगरमाथा बोर्डिङ स्कूललाई २– १ गोलले हराउँदै महेन्द्र मेमोरिल बोर्डिङ स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो ।

मेहन्द्रको मेमोरिलको तर्फबाट तोयाज गौतम र आशिष कुमार शाहले गोल गरि टिमको जित सुनिश्चत गरे । सगरमाथाका कास्बिन मगरले सान्तवना गोल फर्काए ।

उक्त प्रतियोगिताको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले गर्नु भएको थियो । कार्यक्रममा प्रदेश १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जिना जन कार्की, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोललगयातको पनि उपस्थिती रहेको थियो ।

आज तीन वटा खेलहरु हुने संयोजक बिक्की कार्कीले जानकारी दिनु भयो। पहिलो खेल जनक स्कुल झोराहाट र ए वान क्वालिटी बिच प्रतिस्पर्धा हुनेछ । भने सोही दिन दोस्रो खेल एभरेष्ट स्कुल र सनसाइन बोर्डिङ स्कुलबिच हुने संयोजक कार्कीले जानकारी दिनुभयो । तेस्रो खेल राधाकृष्ण स्कुल र पोखरीया स्कुलबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्