विराटनगर । विराटनगर-५ त्रिमुती चौकमा आईतबार दिउँसो सवारी दुर्घटना हुँदा २ जना गम्भिर घाईते भएका छन् ।
विराटनगर चादनी चौकदेखी उत्तर तर्फ जादै गरेको प्रदेश नं ०१–०२–०४९–प ४६७२ नम्बको मोटरसाईटल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा परी विराटनगर-५ बस्ने २५ बर्षिय दिपक मुखिया र २० बर्षिय राजेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोटरसाईकल चालकले हेलमेट समेत नलगाई कुदाउदा मोटरसाईकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदाँ मोटरसाईकल चालकको टाउकोको गिदि नै बाहिर निस्किएको थियो । पछाडी सवार मण्डलको पनि टाउको र ढाडमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक अवस्था चिन्ताजनक रहेको र घाईते दुवैको विराटनगर अस्पतालमा उपचार भईहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए ।