गर्मीयामको समयमा पटक पटक गईरहने भोल्टेजले विराटनगरवासी हैरानी खेप्न वाध्य

गर्मीयामको समयमा पटक पटक गईरहने भोल्टेजले विराटनगरवासी हैरानी खेप्न वाध्य

विराटनगर । विराटनगरमा पछिल्लो केहीदिन यता विद्युत लाईनको भोल्टेज तलमाथी भईरहदाँ दैनिकी काम काजहरुमा समस्या हुन थालेको छ ।

भनेको समयमा भनेजस्तो विद्युत् आपूर्ति सहज नहुँदा हजारौ उपभोक्ता हैरान भएका छन् । अझ गर्मीयामको समयमा बढीमात्रमा लाईन गहिरने र भोल्टेज पनि तलमाथी भईरहँदा आम विराटनगरवासी यतिबेला हैरानी खेप्न वाध्य छन् । विराटनगरमा बिजुली आउनेजाने गर्दा १८ घण्टा लोडसेडिङ हुँदाकै जस्तो बनेको विराटनगर-१२ निवासी ६७ बर्षिया शारदा पन्तले बताईन् । विराटनगरमा केहीयता अत्याधिक गर्मी भएका कारण लाईन पनि गईरहने हुँदा गर्मीले केही काम गर्न नसकिने उनले गुनासो गरिन् । यता प्राधिकरणका कर्मचारीले भने प्राविधिक समस्या भन्दै आलटाल गर्दै आएको छ ।

फिल्डका कर्मचारी समयमै फिल्डमा मर्मत तथा सम्भारका लागी नपुग्ने, आपसी समन्वय र नेतृत्वमा कार्यकुशलताको कमीले गर्दा पनि विद्युत आपूर्तिमा त्यसको प्रभाव पर्ने गरेको छ । दैनिक रूपमा उपभोक्ताहरूले संगठित भएर वितरण केन्द्र पुगेर गुनासो राख्दै आए पनि कुनै सुनवाही नसकेको विराटनगर-११ का नरेश सुब्बाले बताए । यसरी भोल्टेज तलमाथी भईरहदाँ घरका विद्युतीय उपकरणहरु पनि विग्रने गरेको सुब्बाले गुनासो गरे ।

यता प्राधिकरण विराटनगर शाखाका प्रमुख रोशन खड्काले केही दिनदेखि विद्युत् आपूर्तीमा समस्या भएको बताए । गर्मीयामको समयमा बढी विद्युतहरु एकैचोटी खपत हुने भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको खड्काले जानकारी दिए ।
पुर्वाअञ्चलको सोर्स भनेको दुहवी ग्रेडबाट नै पावर सप्लाई गर्नेपर्ने विराटनगरको लागी २ वटा सवस्टेशनमा ल्याउनुपर्दा भने जस्तो विद्युतको पावर नपुगेका कारण अहिलेको समस्या भईरहेको खड्काको भनाई छ । १ सय ३२ केभी प्रसारण लाइन आउनुपर्नेमा अहिले १ सय १८ मात्र आएका कारण भोल्टेज तलमाथी भएको हो ।

कतिपय स्थानमा सवस्टेशन बन्दै गरेकाले पनि विभिन्न स्थानमा सटडाउन गर्नुपर्ने वाध्यताले गर्दा विधुत आपुर्तीमा समस्या भईरहेका खड्काले बताए । नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रअन्तर्गत ७६ हजार ग्राहक रहेको नेपाल विधुत प्राधिकरण विराटनगरका सुपरभाईजर सरोज अंसारीले बताए । कतिपय स्थानमा सवस्टेशनको काम मर्मत गर्नुपर्ने भएकाले विद्युत आपुर्तीमा समस्या देखिएको अंसारीले बताए ।

तर पछिल्लो समयमा विद्युत आपूर्ति असहज हुँदा जनजीवन अस्तव्यस्त बन्दै गएको नगरवासीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्