एभरेष्ट कप बास्केटबल प्रतियोगिताको तीनवटै उपाधि धरानलाई

एभरेष्ट कप बास्केटबल प्रतियोगिताको तीनवटै उपाधि धरानलाई

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा शुक्रबार सम्पन्न एभरेष्ट कप बास्केटबल प्रतियोगितामा धरानका विद्यालयहरूले तीनवटै उपाधि जितेका छन् ।

धरानका विद्यालयहरुले तीनवटै उपाधिहरु हात पारेका हुन् । विराटनगर बास्केटबल संघले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगितामा धरानको होलिल्याण्ड इन्टरनेशनल स्कुल प्रथम भएको थियो । भने द्वितीय र तृतिय पनि क्रमशः धरानकै चिल्ड्रेन एकेडेमी र डिपोट सेकेण्डरी स्कुल भएका थिए । विजेता टिमहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित कप र प्रमाणपत्र प्राप्त गरेका छन् । उक्त प्रतियोगितामा इटहरी, धरान, विराटनगर र विर्तामोडका गरि जम्मा १२ वटा विद्यालयहरुले सहभागीता जनाएका थिए ।

त्यस्तै,शुक्रबार सम्पन्न एभरेष्ट कप पौडी प्रतियोगितामा कृतिक कार्की प्रथम भएका थिए । कृतिक उत्कृष्ट खेलाडी हुँदै नगद ७ हजार रुपैयाँ सहित मेडल प्राप्त गरे भने राज कार्कीले नगद ५ हजार रुपैयाँ र मेडल प्राप्त गरेका छन् । त्यस्तै तृतिय हुँदै अभियान बुढाथोकीले नगद ३ हजार रुपैयाँ र मेडल प्राप्त गरेका थिए ।

प्रतियोगिता अन्तर्गत ५० मिटर, १०० मिटर र २०० मिटरको फ्रि–स्टाईलका प्रतिस्पर्धा गराइएको थियो । जस अन्तर्गत ५० मिटरमा कृतिक कार्की प्रथम, मयक मलू द्वितीय र राज कार्की तृतिय भए भने, १०० मिटर स्पर्धामा राज कार्की प्रथम, कृतिक कार्की द्वितीय र क्षितिज चौधरी तृतिय भए। २०० मिटरको स्पर्धामा कृतिक कार्की प्रथम, अभियान बुढाथोकी द्वितीय र राज कार्की तृतिय हुनुभएको थियो । ६० जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगिताको सम्पूर्ण प्रतिस्पर्धाको मूल्याङ्कनबाट कृतिक प्रथम, राज द्वितीय र अभियान तृतिय भएको पौडी प्रतियोगिताको संयोजक समेत रहेका प्रशिक्षक इन्द्रराज भण्डारीले जानकारी दिए ।

विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, कलेजका अध्यक्ष, विनोद ढकाल, क्याम्पस प्रमुख टिकाराम पुरी, प्याब्सन मोरङ अध्यक्ष शितला सुब्बालगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय समिति मोरङका प्रमुख गौतमले एभरेष्ट कलेजले अध्ययनका साथै अतिरिक्त कृयाकलापका लागि समेत गरेको लगानीको प्रशंशा गरेका थिए । एभरेष्ट कलेजका प्रमुख टिकाराम पुरीले काठमाडौं उपत्यका बाहिर अझ विशेषगरी मोरङमा पनि बास्केटबलको प्रवद्र्धन गर्ने उदेश्यले एभरेष्टले लगानी गरेको बताए। पुरीले यो कार्यलाई निरन्तरता दिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्