जब भारतीय नम्बरको कारले विराटनगरको बजारमा सर्वसाधरणलाई ठक्कर दिदै हिड्न थालेपछि

जब भारतीय नम्बरको कारले विराटनगरको बजारमा सर्वसाधरणलाई ठक्कर दिदै हिड्न थालेपछि

प्रेम देवान
विराटनगर । मापसे गरी विराटनगरको बजारमा आमसर्वसाधरणलाई ठक्कर दिदै हिड्ने भारतीय नम्बरको कारलाई मोरङ प्रहरीले फिल्मी शैलीमा नियन्त्रणमा लिन सफल भएको छ ।

आईतबार राती बिआर ४३ एल १२०८ नम्बरको कारले विराटनगरको छुटाटुटै स्थानमा ३ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । कारमा सवार र कार चालकले समेत मादक पर्दाथ सेवन गरी कार जथाभावी चलाउँदा विराटनगरको घाँस चौकमा विराटनगर ७ का दशरथ सहनी र बजारमा अन्य दुई जनालाई ठक्कर दिएर फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आईतबार राती ९ बजेको समयमा बजार एरीयामा पैदलयात्रीलाई ठक्कर दिदै भाग्न थालेपछि मोरङ प्रहरीले फिल्मी शैलीमा कारलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो । तर कार चालकले भने प्रहरीलाई झुक्काउने प्रयास धेरै चोटी गरे पनि अन्तत सरोचियाको भित्री सडकबाट नियन्त्रणमा लिन सफल भए । पैदाल यात्रीलाई ठक्कर दिएपछि कार बजार एरीयाबाट नै प्रहरीले खोजतालस गर्दै जादाँ भागेर रामचौक हुँदै विराटनगरका विभिन्न गल्लीमा भाग्ने प्रयास गरेको थियो । तर भाग्दै गर्दा सरोचियाको भित्री सडकमा कार छोडेर चालक फरार भएका थिए ।

प्रहरीले भने कारमा सवार २ जनालई नियन्त्रणा लिन सफल भएको छ भने कार चालक फरार छन् । कारलाई चालकले अनुहारको सेन्सरबाट नै लक गरेका कारण कुदाएर ल्याउन नसकेपछि स्थानियले कारको झ्यालको लकहरु तोडेका थिए । यता चावी सहित फरार भएका चालक सम्पर्कमा नआएपछि क्रेन लगाएर कारलाई राती जिल्ला ट्राफिक कार्यालयमा लगिएको थियो । कारको ठक्करबाट तीन जना घाइते भएको मोरङ ट्राफिकले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको मोरङ प्रहरीले जनाएको छ ।

यसैविच हेलमेट नलगाई मोटरसाईकल चलाउँदा २ जना युवा गम्भिर घाईते भएका छन् । आईतबार दिउँसो विराटनगर ५ स्थित चाँदनी चौकमा हेलमेट समेत नलगाई मोटरसाईकल चलाउँदा विजुलीको पोलमा ठोक्किएर दुईजना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा दिपक मुखिया र राजेश मण्डल रहेको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ । केही दिन अघि मात्र राजेश मण्डललाई विहेको दाईजोमा दिएको मोटरसाईकल दिपक मुखियाले चलाएका थिए ।

उनको उमेर १७ बर्ष मात्रै रहेको र उनको लाईसेन्स समेत नभएको प्रहरीले जनाएको छ । घाईते दुवैको विराटनगर अस्पतालमा उपचार भईरहेको छ । घाईते मुखियाको अवस्था भने चिन्ताजनक रहेको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् ।

यता विराटनगर १३ स्थित कोशी प्रोजेक्टको मोटरसाईकलको ठक्करबाट आईतवार राती साईकल यात्रीको मृत्यु भएको छ । साईकलमा सवार विराटनगर–१५ का ४५ बर्षीय भोला श्रेष्ठ र १२ बर्षीय सुसान्त श्रेष्ठ घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागी न्युरो अस्पताल पठाईएकोमा उपचारको क्रममा भोला श्रेष्ठको राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्