प्रदेश प्रमुख खापुङद्वारा चार पत्रकार पुरस्कृत

प्रदेश प्रमुख खापुङद्वारा चार पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी पुरस्कारबाट चार पत्रकारलाई आज यहाँ पुरस्कृत गरिएको छ ।

सहकारी संस्था लिमिटेड विराटनगरको ११औँ स्थापना दिवसको उपलक्ष्यमा तोरेन्द्र–इन्दिरा प्रधान प्रेस सम्मानबाट वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, ओमप्रकाश आर्थिक पत्रकारिताबाट मोहन मानन्धर, मेम्बर चन्द्रलाल–दुर्गादेवी सञ्चार श्रमजीवीबाट बाबुराम भण्डारी र मीना श्रेष्ठ (रासस) श्रमजीवी महिला पत्रकारिताबाट उषा सरदारलाई पुरस्कृत गरिएको छ ।

प्रेस सम्मानबाट वरिष्ठ पत्रकार दाहाललाई नगद रु ५० हजार, आर्थिक पत्रकारिताबाट मानन्धरलाई रु ५० हजार, सञ्चार श्रमजीवी पत्रकारबाट भण्डारी र श्रेष्ठलाई रु २१ हजार तथा श्रमजीवी महिला पत्रकारिताबाट सरदारलाई रु १० हजार एवं सम्मानपत्र प्रदान गरिएको छ ।

प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले पुरस्कार प्रदान गर्दै मुलुक र समाजलाई आगाडि बढाउन पत्रकारको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले लोकतन्त्रलाई संस्थागत गराउन एवं समाजमा रहेको कुरीति हटाउन र रूपान्तरण गर्न सञ्चाकर्मीले आफ्नो क्षेत्रबाट क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिनुभयो । प्रदेश प्रमुख खापुङले बेरोजगारी समस्या समाधान र महँगी नियन्त्रणमा सञ्चारकर्मीले कमल चलाउनुपर्ने विचार राख्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सञ्चारकर्मीले विकास निर्माण कार्यमा आवश्यक निगरानी गरी पारदर्शी कामय गर्न भूमिका खेल्नुपर्ने विचार राख्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्