महेन्द्र मोरङ क्याम्पसमा सरसफाई

महेन्द्र मोरङ क्याम्पसमा सरसफाई

विराटनगर । साना विषयमा पनि सधैं आन्दोलन हुने महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियू (क्रान्तिकारी)ले सरसफाई गरेको छ ।

प्रायः तोडफोड र तालाबन्दी भईरहने र विद्यार्थीको वास्तविक समस्या र असहजता बारे विद्यार्थी संगठन, प्रशासनले खासै वास्ता नगर्ने क्याम्पसमा क्रान्तिकारीले यस पटक सरसफाई गरेको हो ।

अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्वमा सोमबार बिहान क्याम्पस सरसफाई गरेका हुन्।

विश्वविद्यालय हेर्दा सुन्दर स्वछ सफा हुनु पर्ने तर वर्सौ देखि क्याम्पस परिसर भित्र थुप्रीएको फोहोरका कारण विद्यार्थीलाई पठनपाठन मै समस्या हुन थालेपछी विद्यार्थी आफैले सरसफाइ गर्दै क्याम्पस प्रशानलाई सरसफाइका लागि दबाद दिएका छन्।

पटक पटक ध्यानाकर्षण गराउदा पनि प्रशासनले कुनै चासो नदिएको कारण सरसफाइमा दबाब दिन विद्यार्थी आफैँले क्याम्पस सरसफाइ गरेको अनेरास्ववियू (क्रान्तिकारी) का संयोजक आशिका लम्सालले बताईन ।

अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्वमा भएको सरसफाई कार्यक्रममा १०० भन्दा धेरै विद्यार्थीको सहभागीतामा विद्यार्थीले क्याम्पस सरसफाइ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्