विराटनगरमा काठमाण्डौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

विराटनगरमा काठमाण्डौं विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

विराटनगर । काठमाण्डौं विश्वविद्यालयले प्रदेश १ मा आफ्नो शैक्षिक कार्यक्रम विस्तारित गरेको छ । विराटनगरमा काठमाण्डौं विश्वविद्यालय अन्तर्गतका दुईवटा शैक्षिक कार्यक्रममा यसै शैक्षिकसत्रदेखि पढाई हुने भएको हो । विराटनगर–१४ मलाया रोडमा स्थापित एस्पाएर कलेजले आगामी शैक्षिक सत्रका लागि ब्यालचर इन टेक्निोलोजी एजुकेशन इन्फर्मेशन टेक्नोलोजी (बी.टेक.इडी.आईटी) र ब्याचलर इन प्रोफेशनल हस्पिटालिटी (बीपीएच) मा विद्यार्थी भर्ना लिने भएको हो ।

मलाय रोडस्थित पुरानो होमियोपेथिक कलेजको आकर्षक भवनमा दुईवटै शैक्षिक कार्यक्रमका लागि ३०–३० जना विद्यार्थी भर्ना लिईने एस्पायर कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिनुभयो । विश्वस्तरीय शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको काठमाण्डौं विश्वविद्यालयको यस अगाडी मेडिकल शिक्षाका कार्यक्रम मात्रै प्रदेश १ मा सञ्चालित थिए ।

गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ काठमाण्डौँ विश्वविद्यालय विस्तारीत कार्यक्रम प्रदेश १ मा सञ्चालन गर्न पाउनु शैक्षिक क्षेत्रका लागि नयाँ आयाम हो, अध्यक्ष विकास अधिकारीले भन्नुभयो–प्रदेश १ का १४ जिल्लाबाटै विद्यार्थीलाई सहभागी गराउने योजना पहिलो वर्षमा छ । प्रदेश १ का लागि आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले लामो अध्ययन गरेर पाठ्यक्रम तयार पारेको थियो ।

अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने शिक्षा, विद्यार्थी अभिभावकको चाहना अनुरुपका शैक्षिक कार्यक्रमहरु सहित विश्व स्तरीय शिक्षा प्रदान गरिरहेको काठमाण्डौँ विश्वविद्यालयको यस्तो कार्यक्रमका लागि प्रदेश १ मा यो पहिलो कलेज हो । स्नातक तह अध्ययन गर्न चाहने कक्षा १२ को परीक्षा लेखेर बसेका विद्यार्थीले एस्पायर कलेजमा आवेदन दिनसक्ने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । कलेजमा भर्ना भएका विद्यार्थीलाई अध्यापन गराउन सक्षम र क्षमतावान् शिक्षकको व्यवस्थापन समेत गरिसकिएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्