विराटनगर कर कार्यालयमा कंक्रिट झरेर लाग्दा करदाता घाईते

विराटनगर कर कार्यालयमा कंक्रिट झरेर लाग्दा करदाता घाईते

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरमा कर तिर्न पुगेका एकजना करदातालाई कंक्रिट झरेर लाग्दा घाईते भएका छन् ।

मंगलबार बिहान ११ बजे कर कार्यालयमा पुगेका विराटनगर ८ का दिवशरन मेहता मर्मतसंभार भईरहेको भवनको माथिल्लो तलबाट झरेको कंक्रिटले लागेर घाईते भएका हुन् । कार्यालय प्रमुखको पुरानो भवन मर्मत तथा संभार भईरहेको बेला माथिबाट झरेको टुक्राले मेहतालाई लागेको थियो । घाईते भएका उनको विराटनगर न्यूरो अस्पतालमा उपचार भईरहेको छ । टाउकाको पछाडी र ढाडमा गहिरो चोट लागेको छ ।

उनी विराटनगर मेन रोडमा रहेको रेडिमेड कपडा पसलको कर तिर्न पुगेका थिए । छोरा महेश मेहताले सरकारी कार्यालयमा असुरक्षित तवरले काम गरिएका कारण बुबा घाईते हुनु परेको आवर विराटनगरलाई बताए । परिवारले घाईतेको उपचार कार्यलयले गर्नुपर्ने माग गरेको छ । घेराबन्दी गरेर सुरक्षित नगरी माथि काम गर्दा झरेका टुक्राले लागेको भन्दै आफन्त आक्रोशित बनेका छन् ।

उपचारका क्रममा चिकित्सकले केहिदिन राखेर उपचार गर्नुपर्ने बताएका छन् । आन्तरिक राजस्व कार्यालयका प्रमुख सुर्य प्रसाद पोखरेलले भने सुरक्षित तवरले मर्मतसंभारको काम भईरहेको भएपनि अकास्मत घटना हुन पुगेको बताउनुभयो । पुरानो भवनमा पानी सीपेज भएर कमजोर भएको भवनको कंक्रिटको टुक्रा लागेर घाइते हुनु भएको देखें, कार्यालय प्रमुख पोखरेलले भन्नुभयो–भवितव्य हुन पुगेको घटना दोहोरिन नदिन सचेत छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्