मन्त्री कार्कीको अभिव्यक्तिप्रति पत्रकार संघसंगठनको ध्यानाकर्षण

मन्त्री कार्कीको अभिव्यक्तिप्रति पत्रकार संघसंगठनको ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ मा निर्माणाधीन सुकुम्वासी बस्तीको समाचार लेखेको भन्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पत्रकार विरुद्ध गलत मनसायसहितको अभिव्यक्ति दिएको भन्दै पत्रकार संघसंगठनले ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस चौतारी नेपाल मोरङ र प्रेस संगठन मोरङले विज्ञप्ती जारी गर्दै मन्त्री कार्कीले पत्रकारलाई धाकधम्कीको भाषा प्रयोग गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘समाचारको खण्डन गर्ने नाममा मन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले अशोभनिय ढंगले प्रतिवाद गर्दै पत्रकार र सिंगो सञ्चाल जगत्लाई लान्छित गर्नु कदापि स्वीकार्य हुँदैन ।’ प्रेस संगठन मोरङका अध्यक्ष अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
मन्त्रीको स्तरबाट यसखालको धाकधम्कीको परिकल्पना लोकतन्त्रमा गर्न पनि नसकिने जनाइएको छ । समाचारमा आएका विषयवस्तुप्रतिको असहमति राख्ने, खण्डन गर्ने र उजुरी गर्ने थुप्रै कानुनी बाटोहरु रहेकोमा स्वयम् कानूनमन्त्रीसमेत रहेका कार्कीलाई थाहा हुनुपर्ने भन्दै माफी माग्न अनुरोध गरिएको छ ।

यसैगरी प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालाले विज्ञप्ती जारी गर्दै मन्त्री कार्कीले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार विपरित अभिव्यक्ति दिएको उल्लेख छ ।
विराटनगर महानगरपालिका–१२ मा निर्माणाधीन सुकुम्वासी बस्ती निर्माणका लागि रकमान्तर गरी असार १६ गते मन्त्री कार्कीले बजेट ल्याई महानगर पालिकालाई सम्झौता गर्न दबाब दिएका थिए । महानगरपालिकाले सम्झौता गर्न अस्वीकार गरेपछि उनले दवाव दिन स्थानीयलाई उकासेका थिए । त्यहि विषयमा विराटनगर सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि आक्रोशित मन्त्री कार्कीले पत्रकारले बलात्कार गरेको विषय मिडियामा लेखाउने र त्यसको खण्डन गर्न लगाउने आशयसहितको अभिव्यक्ति दिइएका थिए । समाचार लेख्ने पत्रकारलाई बलात्कारी बनाउने सम्मको धाक धम्की दिनुले विधिको शासनको उपहास मात्रै भएको छैन सुरक्षा र कानुनको जिम्मेवारी सम्हालेका मन्त्री कार्कीले पत्रकारमाथि डर त्रास फैलाउन खोजेको अध्यक्ष कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्