मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा ‘२०७९’बाट सम्मान

<span class='c1'>मेरिल्याण्ड कलेजलाई शिक्षा</span> <span class='c2'>सेवा ‘२०७९’बाट सम्मान</span>

विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान '२०७९'बाट सम्मान गरिएको छ । फोकस नेपाल संस्थाद्वारा बुधबार काठमाडौँमा आयोजित एक भव्य कार्यक्रममा मेरिल्याण्ड कलेजलाई शिक्षा सेवा सम्मान प्रदान गरेको हो ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले कलेजका प्रिन्सिपल लक्षमण ढकाललाई कदर पत्र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मेरिल्याण्ड विस वर्षदेखि प्रत्येक वर्ष विभिन्न संघ संस्थाद्वारा सम्मानित हुने गरेको छ । व्यवस्थापन शिक्षामा आफूलाई अब्बल सावित गर्न सफल मेरिल्याण्ड कलेज देशभरिकै कलेजहरुमध्ये प्रत्येक वर्ष टप–टेनमा पर्न सफल भएको छ ।

हालसालै बीबीएस तेस्रो वर्षको परीक्षामा मेरिल्याण्डकी छात्रा सिम्रन अग्रवाल सर्वाधिक ८२.२ प्रतिशत अंक प्राप्त गरी नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७७ सालमा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएर प्रदेश प्रथम भएकी थिइन् । ०७६ सालमा रोहित कार्कीले बीबीएस चौथो वर्षमा ८४.३ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएका थिए । ०६९ सालमा त्रिवि टप गरी किन्जल पोखरेलले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराइबाट गोल्ड मेडल प्राप्त गरेका थिए । मेरिल्याण्डको यो सफलतामा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकहरुको ठूलो योगदान रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताए ।

उक्त कार्यक्रममा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री माननिय उमेश श्रेष्ठ, हिसानका अध्यक्ष रमेश कुमार शिलवाल लगायत विशिष्ट अतिथिहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्