विराटनगर । विराटनगर-२ स्थित नाङ्लो म:म: रेस्टुरेन्टमा आगलागी भएको छ ।

विराटनगरका ईश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा अचानक आगलागी हुदाँ महानगरको २ वटा दमकलले आगो निभाउने प्रयास गरी रहेको छ ।

आगलागी के कारणले भएको हो भन्ने अहिले सम्म खुल्न सकेको छैन । यस बारे थप विवरण आउन बाकी छ ।