नाङ्लो रेष्टुरेण्टसँगै छेउका २ वटा घरमा क्षति, ३ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास

<span class='c1'>नाङ्लो रेष्टुरेण्टसँगै छेउका २ वटा घरमा क्षति,</span> <span class='c2'>३ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास</span>

विराटनगर । विराटनगर २ मा रहेको नाङ्लो रेष्टुरेण्टसंगै अन्य छेउका २ वटा घरमा समेत आगलागीबाट क्षति भएको छ ।

विराटनगरका युवा व्यवसायी ईश्वर बास्कोटाले संचालन गरेको रेष्टुरेण्टमा आज दिउँसो आगलागी भएको थियो । आगलागी अहिले सम्म नियन्त्रणा आईनसकेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

आगलागी अहिले विराटनगर महानगरपालिकाको ३ वटा दमकलले निभाउने प्रयास गरिरहेकोे मोरङ प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने अहिले सम्म कुनै याकिन भने भईनसकेको प्रहरीले जनाएको छ । यस बारे थप विवरण आउन बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्