विराटनगरको टन्टलापुर घाममा मतदाता नामावलीमा विवरणा भराउनेको घुँईचो

<span class='c1'>विराटनगरको टन्टलापुर घाममा मतदाता</span> <span class='c2'>नामावलीमा विवरणा भराउनेको घुँईचो</span>

विराटनगर । विराटनगरको टंन्टलापुर घाममा लाईनमा बसेकी छिन् मोरङको सुन्दरहरैंचा गछियाकी टंकमाया गुरुङ । उनलाई स्थानीय राजनीतिक दलका नेताहरुले मतदाता नामावलीमा नाम दर्ताका लागि बस रिजर्भ गरेर ल्याएका हुन् ।

विराटनगरमा रहेको प्रदेश १ निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ता गराउन आउनेहरुको अहिले अत्याधिक भिड छ ।
प्रदेश १ निर्वाचन कार्यालयमा नयाँ मतदाताहरु फोटो खिच्नको लागी बाहिरी रोडदेखी नै लामवद्ध देख्न सकिन्छ । असार १ गतेदेखि सुरु भएको फोटो खिच्ने कार्यमा नयाँ मतदाताहरुको भीड थामिनसक्नु रहेको कार्यालयले जनाएको छ ।

विराटनगरमा बिहीबार ३५ डिग्रि सेल्सियस तापक्रम भएपनि कार्यालय अगाडि दिउँसोको टन्टलापुर घाममा महिला तथा वृद्धवृद्धाहरु पनि लाइनमा बसेर विवरण दर्ता गराएका थिए । बिहान ८ बजेदेखी लाईनमा बसेको विराटनगर १३ निवासी कुसुम थापाले बताईन् । लाईनमा बसेको झन्डै ४ घन्टा बढी भईसक्यो तर उनको पालो आएको थिएन । उनी महिलाहरुको लाईनमा उभिएकी छिन् । उनीसँगै छेउमा रहेकी अर्की सेवाग्राही भने विहान ६ बजेदेखी नै लाईनमा बसेको बताईन् । बल्लबल्ल गेटदेखी भित्र पसियो त्यहि पनि लाईन मिच्ने काम हुँदा साह्रै गाह्रो हुने गरेको उनले गुनासो गरिन् ।

स्थानीय राजनीतिक अभियानकर्मीहरुले गाडीमा भेला पारेर मोरङको विभिन्न स्थानहरुबाट थुप्रै युवा, युवती तथा वृद्धवृद्धालाई मतदातामा नाम दर्ता गराउन निर्वाचन कार्यालय पठाइरहेका छन् । दैनिक ५ वटा भन्दा बढी बसमा मानिसहरु रिजर्भ गरेर आउने गरेका छन् । ‘३ दिन अगाडी राति ११ बजेसम्म फोटो खिच्न लाग्यो, त्यसको भोलीपल्ट पनि राति ९ बजेसम्म लागेको थियो,’ निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले भने, ‘दैनिकी ६ सयदेखी १ हजार सम्म मानिसहरु फोटो खिच्नकै लागि आउने गरेका छन् ।

हाल सो कार्यालयमा ५ वटा स्थानमा फोटो खिच्ने व्यवस्था गरिएको छ । निर्वाचन कार्यालयले असार १ गते यता अन्य कुनै काम गर्न नसकेको अधिकारीले बताए । निर्वाचन कार्यालयमा मतदाता नामावली स्थानान्तरण, नाम सच्याउने, नयाँ फोटो खिच्नेहरू आउने गरेका छन् । फोटो खिच्ने कार्य निर्वाचनको मिति घोषणा नभएसम्म हुनेछ । सरकार र निर्वाचन आयोगले मंसिरको पहिलो हप्तासम्ममा संघ र प्रदेशको निर्वाचनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्