युके जान चाहने विद्यार्थीहरुका विराटनगरमा आज बृहत शैक्षिक मेला

<span class='c1'>युके जान चाहने विद्यार्थीहरुका विराटनगरमा</span> <span class='c2'>आज बृहत शैक्षिक मेला</span>

विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुका निम्ति विराटनगरमा आज शुक्रबार बृहत शैक्षिक मेला आयोजना गरिएको छ ।

एसआई युके नेपालको आयोजनामा विराटनगर-७ हनुमानदास रोडस्थित 'क्याफे ग्रिल टु चील' मा शैक्षिक मेला आयोजना गरिएको हो । शैक्षिक मेला बिहान ११ बजेदेखि सुरु हुने जनाईएको छ । मेलामा बेलायतका नाम चलेका १३ वटा विश्वविद्यालयका बारेमा विद्यार्थीहरूलाई जानकारी गराईने एसआइ युके नेपालले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मेलामा ५ सय बढी विद्यार्थीको उपस्थिति हुने अपेक्षा गरिएको एसआइ युके नेपालका निर्देशक विनय अधिकारीले बताएका छन् । स्थानीय स्तरमा विद्यार्थीहरूलाई बेलायतका नाम चलेका विश्वविद्यालयहरूको बारेमा जानकारी दिनुको साथै विद्यार्थीहरुलाई अध्ययनमा सहजता प्रदान गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना गरिएको उनको भनाई छ ।

‘अहिलेसम्म ३५० जना विद्यार्थीहरूले शैक्षिक मेलामा सहभागी हुनको लागि फारम लिएर गएका छन्,’ उनले भने, ‘यो शैक्षिक मेलामा बेलायतका विश्व विद्यालयको बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी दिनेछन् ।’

शैक्षिक मेलामा युकेको कुनै विश्वविद्यालयमा भर्ने लिने विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गरिने जनाईएको छ । प्लस टु तथा ब्याचलरमा विद्यार्थीहरुले प्राप्त गरेको नतिजाको आधारमा उनीहरुलाई ५ हजारदेखि ७ हजार पाउण्डसम्मको छात्रवृत्ति उपलब्ध गराइने बताईएको छ ।

एसआई युके ग्लोबलका कार्यालयहरू विश्वका ४० वटा देशमा सञ्चालन छन् । एसआई युके ग्लोबल १ सय ५८ विश्वविद्यालयसँग आबद्ध भएर विगत १६ वर्षदेखि शैक्षिक सेवामा काम गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्