मोरङ अदालतमा एकवर्षमा आठहजार ६४१ मुद्दा

मोरङ अदालतमा एकवर्षमा आठहजार ६४१ मुद्दा

विराटनगर । मोरङ जिल्ला अदालतमा चालु आर्थिक वर्षमा मुद्दाको लगत अहिलेसम्मकै बढी भएको छ । चालु आर्थिक वर्ष ८ हजार ६४१ मुद्दा संख्या पुगेको हो । जसमा ५ हजार १०१ मुद्दा चालु आर्थिक वर्षमा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७७÷२०७८ बाट जिम्मेवारी सरी आएका मुद्दा ३ हजार ५४० थिए ।

मोरङ जिल्ला अदालतका स्रेस्तेदार टिकेन्द्रवीर जङ्ग राणका अनुसार कोभिड–१९ संक्रमणका कारण जिम्मेवारी सरेर आउने मुद्दाको संख्या धेरै भएको हो । अदालतको कार्ययोजनामा ४ हजार १५८ मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ५ हजार २४० मुद्दा फर्यौट भएको स्रेस्तेदार राणाले जानकारी दिएका छन् । यो जम्मा लगतको तुलनामा ६०.६४ र चालु आर्थिक वर्षको लक्ष्यको तुलनामा ९३.२५ प्रतिशत रहेको छ ।

अदालतमा अब दुईवर्ष नाघेका ९८ वटा र १८ महिनादेखि २४ महिनासम्मका २०७ मुद्दा फस्र्याैट हुन बाँकी छ । अदालतमा करणी सम्बन्धी १५४ मुद्दा दर्ता भएका छन् । ज्यान सम्बन्धी ६८, लागुऔषध ३०२, मानव बेचबिखन २३ र सम्बन्ध बिच्छेदका एक हजार ३६२ मुद्दा दर्ता भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्