विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको मृत्यु

<span class='c1'>विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका</span> <span class='c2'>एक प्रहरी जवानको मृत्यु</span>

विराटनगर । विराटनगरस्थित साथीको घरमा बेहोस भेटिएका एक प्रहरी जवानको शनिबार बिहान मृत्यु भएको छ। पाँचथर घर भएका २८ वर्षीय प्रहरी जवान उत्तम लावतीको मृत्यु भएको हो । विराटनगर-१६ स्थित रामबहादुर कटुवालको घरमा उनी बेहोस अवस्थामा भेटिएका थिए ।

रामबहादुरका छोरा मृतक जवानका साथी हुन् । सुतिरहेको ओछ्यानमा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । चिकित्सकले बिहान ७:३० बजेतिर मृत घोषित गरेको मोरङ प्रहरीका डीएसपी राजन कार्कीले जानकारी दिए। उनका अनुसार लावतीको मृत्युको कारण खुलिसकेको छैन।

शव कोसी अस्पतालमै राखिएको छ। घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी कार्कीले बताए। नेपाल प्रहरीका जवान लावती शुक्रबार साँझ विराटनगरस्थित साथी (कटुवाल)को घर आएका थिए । राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि हेर्दा मुखबाट फिँज निस्किरहेको र अचेत अवस्थामा ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ। यसअघि लावती सर्लाहीमा कार्यरत थिए । झापाका लागि असार ३० गते बिहीबार रवाना लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्