विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा

विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा

विराटनगर । उच्च शिक्षाका लागि युके जान चाहने विद्यार्थीहरुको सहजताका लागि विराटनगरमा एसआई युके नेपालको कार्यालय सञ्चालनमा आएको छ ।

विराटनगर–७ हनुमानदास रोडस्थित क्याफे ग्रिल टु चिल मुनि एसआई (स्टडी इन) युके नेपालको कार्यालय सञ्चालनमा आएको हो । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय शुक्रबार प्रदेश १ सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाले उद्घाटन गरेका छन् । शुक्रबार एसआई युकेद्वारा आयोजित ‘बृहत शैक्षिक मेला’ को अवसर पारेर कार्यालयको उद्धाटन गरिएको होे ।

कार्यालयबाट युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको पठनपाठन शुल्क, कोर्ष, छात्रवृत्ति तथा अन्य सेवा सुविधा लगायतका बारेमा विद्यार्थीहरुलाई निःशूल्क परामर्श दिईनेछ । कार्यालयबाट विद्यार्थीहरुको रुचि र चाहना अनुसार युकेका विश्वविद्यालयमा उनीहरुको भर्नाको कार्य समेत हुने जनाईएको छ । विश्वका ४० वटा देशमा रहेका कार्यालयहरु मार्फत् विगत लामो समयदेखि एसआई युके ग्लोबलले आफ्नो सेवा प्रवाह गरिरहेको संस्थाका अध्यक्ष विनय अधिकारीले बताए ।

एसआई युके ग्लोबल विश्वका १ सय ५८ वटा विश्वविद्यालयसँग आबद्ध भएर विगत १६ बर्षदेखि शैक्षिक सेवामा कार्यरत रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्