यस्तो देखियो साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजार

<span class='c1'>यस्तो देखियो साउन महिनाको पुर्व</span> <span class='c2'>सन्ध्यामा विराटनगरकाे गुद्री बजार</span>

विराटनगर । साउन महिनाको पुर्व सन्ध्यामा विराटनगरकाे गुद्री बजारमा चुरा बेच्दै व्यापारी साउन महिनामा विशेषगरी हरियो चुरा लगाउने चलन छ ।

साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ ।

साउन यस्तो विशेष महिना हो जहाँ साना बालिकादेखि हजुरआमा सम्मको एउटै फेसनमा देख्न पाइन्छ। हातमा हरीयो चुरा र मेहेन्दी अनी हरीयो पोते। विवाहित महिलाले साउनमा हरियो चुरा हातमा मेहन्दी लगाउनाले श्रीमानको आयु बढ्ने र अविवाहिता महिलाले लगाए मनले चिताएको पूरा हुने धार्मिक विश्वास पनि रहिआएको छ।

एकातिर साउन महिनासँग हरीयो चुरा र मेहेन्दीको धार्मीक, सांस्कृतिक महत्व जोडिएको छ भने अर्को तिर नयाँ पुस्तामा यो फेसन बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्