विराटनगरमा एसइई कप फुटबल सम्पन्न, उपाधी जेभियर्स स्कूललाई

विराटनगरमा एसइई कप फुटबल सम्पन्न, उपाधी जेभियर्स स्कूललाई

विराटनगर । एसईइ कप अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता –२०७९ को उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले उपाधी जितेको छ ।

शनिबार भएको फाइनल खेलमा जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कुल र आदर्श मा.वि खेलेका थिए । पहिलो हाफ १–१ को बराबरी टुङ्गगिए पनि दोस्रो हाफमा १ गोल गर्दै जेभियर्सले उपाधि हातपारेको हो । सभ्य कला समाजको आयोजनामा विराटनगरमा असार २५ गते शनिबारदेखि सुरु भई असार ३२ गते शनिबार फुटबल प्रतियोगिता सम्पन्न भएको थियो । खेलमा मोरङ र सुनसरीका गरी २३ वटा विद्यालयको सहभागी रहेको थियो ।

उक्त प्रतियोगिताको समापन विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले गर्नु भएको थियो । कार्यक्रममा सन्तोष बानिया, बसन्त अर्याल, दिपक श्रेष्ठ लगयातको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट किपर राधाकृष्ण स्कूलका आयुश खड्का, डिफेन्स मोर्डन एराका मनिस राय, मिड फिल्ड डन बस्को स्कूलका बिराज रेग्मी,फर्वाड जेभियर्सका रोहन बस्नेत, हाईस्कोर आयुसतम खवास र रोहन बस्नेत, सर्वोकृष्ट खेलाडी आदर्शका ज्ञानेन्द्र मगर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्