घट्यो विराटनगर भन्सारको राजश्व, वार्षिक लक्ष्यभन्दा १९ प्रतिशत कम संकलन

घट्यो विराटनगर भन्सारको राजश्व, वार्षिक लक्ष्यभन्दा १९ प्रतिशत कम संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले वार्षिक लक्ष्यको ८१.४१ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा भन्सार कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख ४० हजार लक्ष्य राखेकोमा ४० अर्ब ४२ करोड २७ लाख ७७ हजार नौसय रुपिँया राजश्व संकलन गरेको छ ।

जम्मा लक्ष्यमा १९ प्रतिशत कम राजश्व संकलन गरेको छ । कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार भन्सार महसुलतर्फ २२ अर्ब १२ करोड २१ लख २७ हजारको लक्ष्यमा १५ अर्ब ३२ लाख ६ हजार, मूल्य अभिबृद्धितर्फ २० अर्ब ३५ करोड ४८ लाख ११ हजारको लक्ष्यमा २० अर्ब ८७ करोड ६७ लाख ३० हजार असुल गरेको ।

यस्तै अन्तः शुल्कतर्फ ३ अर्ब ८२ करोड ७४ लाखको लक्ष्यमा २ अर्ब ५७ करोड ७२ लाख २८ हजार असुली भएको सूचना अधिकारी ढुंगानाले जानकारी दिनुभयो । यसैगरी अन्य शिर्षकमा १ अर्ब ९७ करोड ६१ लख १६ हजार रुपिँया राजश्व असुल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्