विराटनगर । प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन सुरु गरिएको छ । किराँत राई यायोक्खाले प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।
किराँती संस्कृति झल्किने चिन्डो तथा साँस्कृतिक पोशाकमा आएका उनीहरुले तत्काल प्रदेशको नामाकरण गर्नुपर्ने माग समेत गरेका छन् । ऐतिहासिकताका आधारमा किराँत प्रदेश हुनुपर्ने माग गर्दै यस अगाडी समेत विभिन्न कार्यक्रम गर्दै आएका छन् ।