विराटनगरको होटल नमस्कारमा ‘सेप भारतीय शैक्षिक मेला’ सुरू

<span class='c1'>विराटनगरको होटल नमस्कारमा ‘सेप</span> <span class='c2'>भारतीय शैक्षिक मेला’ सुरू</span>

विराटनगर । विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला सुरु भएको छ ।

विराटनगरको होटल नमस्कारमा सोमबारदेखि उक्त मेला सुरु भएको हो । मेलाको पहिलो दिन विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । शैक्षिक मेला मंगलबारसम्म चल्ने जनार्ईएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडद्वारा उक्त शैक्षिक मेलाको आयोजना गरिएको जनाईएको छ । सेप इभेन्टसले प्रत्येक वर्ष नेपालका प्रमुख शहरहरूमा यस्तो शैक्षिक मेला गर्दै आएको छ । यसअघि सो शैक्षिक मेला काठमाडौंमा आयोजना गरिएको थियो ।

विराटनगरमा सुरु भएको शैक्षिक मेलामा भारतका नाम चलेका विश्व विद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता छ । शैक्षिक मेलामा भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले त्यहाँका विश्वविद्यालयको बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गर्ने आयोजक संस्थाका निर्देशक सञ्जय थापाले बताए । उनले शैक्षिक मेलामा भारतका नाम चलेका करिब ३० वटा विश्वविद्यालयका प्रतिनिधिहरु सहभागी रहेको उनले जानकारी दिए ।

शैक्षिक मेलामा एसआरएम, भिआइटी, एमिटी, अमृता, जैन र किट शारदा जस्ता नाम चलेका शैक्षिक संस्थाहरुको उपस्थिति रहेको जनाईएको छ । ‘सेप भारतीय शैक्षिक मेला’ भारतमा सबैभन्दा बढी रूचाएको शैक्षिक मेला रहेको आयोजकको दाबी छ । मेलामा करिब २ हजार बढी विद्यार्थीहरु सहभागी हुने अपेक्षा गरिएको छ । मेलामा आउने विद्यार्थीहरूलाई भने आयोजकले चलचित्रका लागि क्यूएफएक्स सिनेमाजको फ्री टिकटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्