समायोजन माग गर्दैै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारी आन्दोलित

समायोजन माग गर्दैै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारी आन्दोलित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित भएका छन् । बर्षौदेखी काम गर्दै आएका मनमोहन पोलिटेक्निकका दक्ष प्राध्यापक र कर्मचारीहरुलाई स्वतः विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन ।

स्वतः सबै कर्मचारी र प्राध्यापकहरुलाई विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाई सकेका उनीहरुले पटक–पटक ध्यान आकर्षण गराउँदा पनि वेवास्ता भएपछि प्राध्यापक र कर्मचारीहरु संगठित भएर आन्दोलित हुन बाध्य भएको प्राध्यापक संघकी अध्यक्ष सविता गौतमले बताइन् । सोमबार पत्रकार सम्मेलनमा उनले भनिन्–‘विश्वविद्यालयले आफुहरुको माग वेस्वाता गरेकोले ४ साउनदेखी कालोपट्टी बाँधेर कर्मचारी र प्राध्यापकहरुले संघर्ष सुरु गर्नेछ ।’

कर्मचारी संघकी अध्यक्ष प्रकृति भट्टराईले पोलिटेक्निकबाट दुई बर्ष अघि देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा रुपान्तरण भएको मनमोहनले बर्षौदेखी काम गर्दै आएका दक्ष कर्मचारी र प्राध्यापकलाई वेवास्ता गर्दै आफनो स्वार्थ अनुसार नयाँ–नयाँ कर्मचारी र प्राध्यापकहरु भर्ना गर्न थालेपछि संगठित हुन बाध्य भएको बताइन् । उनका अनुसार पोलिटेक्निकमा बषौदेखी काम गर्दै आएका ३० जना कर्मचारी र ६० जना प्राध्यापक छन् । ती मध्ये केहीलाई मात्र विश्वविद्यालयले आफु मातहत बढुवा गरेर लगेको छ ।

मेकानिकल विभाग प्रमुख दिपेन्द्र यादवले आफुहरुले मेहनत गरेकै कारण पोलिटेक्निकले तीन पटक गुणस्तरिय प्राविधिक शिक्षाका लागि राष्ट्रिय पुरस्कार प्राइसकेको र प्रदेश सरकारले देशकै पहिलो प्राबिधिक विश्वविद्यालयमा रुपान्तरण गरेको बताए । तर विश्वविद्यालयमा रुपान्तरण भएपनि दिनरात नभनी जिउज्यान दिएर खटिने पोलिटेक्निकका कर्मचारी र र प्राध्यापकहरुलाई चाँही विश्वविद्यालयले समायोजन नगरि उपेक्षा गरेकोले आफुहरु आन्दोलित हुन बाध्य भएको यादवको भनाई छ ।

अरु विश्विद्यालयहरुले पनि पहिले आफु मातहतका प्राध्यापक र कर्मचारीहरुलाई समायोजन गरेर सम्मान गर्ेको नजिर भएपनि मनमोहनले चाँही दक्ष र निष्ठावानहरुलाई पुरै उपेक्षा गरेको प्राध्यापक र कर्मचारीहरुको गुनासो छ । उनीहरुका अनुसार पहिले मनमोहन स्मृति प्रतिष्ठान मार्फत सञ्चालन हुदै आएको मनमोहन पोलिटेक्निक विश्वविद्यालयमा रुपान्तरण भएपनि अझै आधिकारिक आंगिक क्याम्पस हो हैन भन्ने कानुनी रुपमा यकिन भैसकेको छैन । साथै अनुभवी र दक्ष भएपनि त्यहाँ बषौैदेखी कार्यरत प्राध्यापक र कर्मचारीहरु आफुहरु विश्वविद्यालय मातहत नपर्दा भविश्य अन्यौलमा परेको भन्दै चिन्तित छन । यसैले प्राध्यापक र कर्मचारीहरुले ८ बैसाख २०७८ मा प्राध्यापक र कर्मचारी संघ गठन गरेर १८ बुदै माग सहित आफुहरुलाई स्वत विश्वविद्यालयमा समायोजना गर्न माग गर्दै आएका छन । जस अन्र्तगत पोलिटेक्निकमा कार्यरत सबै शिक्षक कर्मचारी स्वत विश्वविद्यालयमा समायोजन हुनुपर्ने , सेवाको पद तहको बर्गीकरण गरिनुपर्ने , आठ बर्ष भन्दा बढी काम गरेका सबैलाई एक तह बढुवा गरिनुपर्ने , ल्याव टेक्निसियन र असिष्टेन्टलाई बढुवा गरि सहायक प्रशिक्षक बनाइनुपर्ने , सबै शिक्षकहरुलाई स्वत एक तह बढुवा गरिनुपर्ने , विश्विद्यालयको सभासभादमा कर्मचारी र प्राध्यापकको प्रतिनिधित्व गराइनुपर्ने लगायतका मागहरु रहेका छन ।
तर मनमोहन विश्विद्यालय प्रशासनले चाँही प्रदेश सरकारले स्वायत्त कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालय गठन गरेकोले सेवा आयोग मार्फत मात्र कर्मचारी भर्ना गर्नुपर्ने भएकोले स्वत समायोजन गर्न समस्या भएको बताउदै आएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन पोलिटेक्निकलाई प्रदेश १ सकारले प्रदेश सभाबाट स्वायत्त कानुन निर्माण गरेर १६ असोज २०७६ मा राजपत्रमा सूचना प्रकाशित गरि देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गराएको हो । मनमोहन प्रतिष्ठान मार्फत सञ्चालन हुदै आएको पोलिटेक्निकको सबै सम्पत्ती प्रदेश १ सरकारलाई हस्तान्तरण गरिसकेको छ । तर सबै चलअचल सम्पत्ती हस्तान्तरण गरेपनि कार्यरत शिक्षक र कर्मचारीहरु स्वत हस्तान्तरण भएका थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्