नेपाल विजनेश कलेजद्धारा फरक शिक्षण सिकाई अभ्यास

नेपाल विजनेश कलेजद्धारा फरक शिक्षण सिकाई अभ्यास

विराटनगर । नेपाल विजनेश कलेजले बिबिए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास गरेको छ ।

बिबिए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो । व्यावहारिक ज्ञानका लागि कक्षा कोठा भन्दा विल्कुल फरक विराटनगरका विभिन्न स्थानहरुमा लगातार ४ दिन सम्म कार्यक्रम भएको थियो । हेर्दा सामान्य लाग्ने तर विद्यार्थीहरुका लागि पुर्ण प्रयोगात्मक तरिकाले असार २१ गते देखी असार २४ सम्म संचालन भएको थियो । इभेन्ट मेनेजमेन्ट विषयसंग सम्बन्धित विशेषज्ञका रुपमा सिमा कणर्ले सो कार्यक्रमको संयोजन गरेकी थिइन् ।

कार्यक्रमको उद्देश्य च्यारेटीका लागि इभेन्ट गर्नु हो । इभेन्टका लागी ४ वटा समूह बनाई ट्राफिक चौक, भाटभटेनी सुपर मार्केट, संसारी माइस्थान, बस पार्क, जनपथ टोल, पिचरा तथा पंचमूखी चौक लगायत विराटनगरका विभिन्न स्थानमा लगातार ४ दिन सम्म खाजाका विभिन्न परिकारहरु विक्री गरी प्रत्यक्ष रुपमा व्यवसाय गरेका थिए । इभेन्टको लागि कलेजले पूजी उपलब्ध गराएको थियो। लगातार ४ दिन सम्मको व्यापारबाट २० हजार ४ सय ६९ मुनाफा भएको थियो । मुनाफा बरावरको रकम च्यारेटिका लागि प्रदान गरिने विद्यार्थीहरुले बताएका छन् ।

कार्यक्रबाट विद्यार्थीहरुले व्यावसायिक क्रियाकलापका लागि समूह निर्माण,सामुहिक उद्देश्य प्राप्तिका लागि योजना तर्जुमा र निणर्य प्रकृया, जिम्मेवारीको वाँडफाँड, योजना अनुसारको प्रगतिको मूल्याकन र विश्लेषण, उद्देश्य प्राप्तिका लागि देखिएको समस्याको समाधानका उपायहरु, व्यवसायमा देखिएको चुनौति र अवसरहरुको बारेमा जानकारी पाएको तथा व्यवसायको प्रकृति सानो वा ठुलो जे भए पनि व्यवसायको मुल्य र मायन्तामा केहि भिन्नता नपाएको र व्यवसाय गर्दा हौसला र निरासा दुवै चिजको अनुभव समेत गरेको विद्यार्थीहरुले बताए। व्यवसायको प्रयोगात्मक ज्ञान समेत पाएको उनीहरुले बताए । प्रत्येक दिन विहान करिब ९ बजेबाट शुरु भै राति ९ बजे सम्म संचालन गरेको कार्यक्रमबाट लगनशिलता र पैसाको महत्व के हो भनेर बुझेको विद्यार्थीहरुले बताए ।

उक्त कार्य प्रोजेक्ट वर्क अन्तरगत गरिएको थियो। सो को रिपोर्ट समेत कलेजमा पेश गर्नु पर्ने र सो को आधारमा विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गरिने कुरा कलेजले जनाएको छ ।

लिंकनयूनिभर्सीटी, मलेसीयाबाट सम्वन्धन प्राप्त तथा नेपाल सरकार शिक्षा मन्त्रालयको स्वीकृतिमा नेपाल विजनेश कलेज ई.स. २०१४ मा स्थापना भएको र उक्त कलेजमा हाल बिबिए बिआईटी र एमबिए. कार्यक्रमहरु संचालन भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्