विराटनगरको विग होटललाई ‘फोर स्टार’ मान्यता

विराटनगरको विग होटललाई ‘फोर स्टार’ मान्यता

विराटनगर । विराटनगर रोडशेषमा रहेको विग होटललाई सरकारले ग्रेड वृद्धि गर्दै ‘फोर स्टार’ रूपमा संचालन गर्न मान्यता दिएको छ ।

संचालनमा आएको पाँच वर्षपछि विग होटलले फोर स्टारको मान्यता पाएको हो । होटलले सोमबार एक कार्यक्रम आयोजना गरि फोर स्टारको शुभारम्भ गरेको छ । चार तारे होटलको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र होटलका अध्यक्ष विरेन्द्र न्यौपानेले गरे । चार तारे होटल भएसँगै होटलले ‘क्यासिनो’ संचालन गर्ने मान्यता पनि पाएको छ ।

विग होटलले क्यासिनो भाडामा दिएको छ । क्यासिनो संचालनको लागि निर्माण प्रक्रियाको काम पुरा भएकोले केही दिनभित्रमा संचालनमा आउने बुझिएको छ । विग होटलमा सुविधा सम्पन्न स्वीमिङ्ग पुल, स्पा, हेल्थ क्लब पनि रहेको छ । होटलमा बस्ने ग्राहकहरूलाई स्वीमिङ्ग पुल र हेल्थ क्लब निःशुल्क रहेको होटल संचालक भरत खत्रीले बताए । ‘सरकारले तोकेको सम्पूर्ण मापदण्डा पुरा गरेपछि अहिले विग होटलले चार तारा लिन सफल भएका छौं,’ उनले भने, ‘होटलमा अहिले सम्पूर्ण प्रकारको सुविधाहरू रहेको छ ।’

बीग होटल २०७५ साल वैशाखमा थ्रीस्टार होटलको रुपमा संचालनमा आएको थियो । भारत र तेश्रो मुलुकका पर्यटकलाई लक्षित गरेर विराटनगर संचालनमा ल्याएको हो । विराटनगर–जोगबनी सडकअन्तर्गत रोडशेषमा रहेको ६ तल्ले होटलमा अन्तर्राष्ट्रियस्तरका ६८ वटा कोठा छन् । ८ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ५०० देखि ७०० जना अट्ने पार्टी हल पनि छ ।

स्थानीयसहित इण्डियन, चाइनिज, इटालियन खानाका परिकार होटलमा उपलब्ध रहेको छ । ५० जनाले प्रत्यक्ष रोजगारी पाएको होटलमा कफीसप र रेष्टुरेन्ट पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्