विराटनगरबाट अपहरणमा परेकी बालिकाको दरभंगाबाट सकुसल उद्धार

विराटनगरबाट अपहरणमा परेकी बालिकाको दरभंगाबाट सकुसल उद्धार

विराटनगर । विराटनगर–१३ रोडशेष चौकबाट बच्चा लिएर फरार महिलालाई प्रहरीले भारतको दरभंगाबाट नियन्त्रणमा लिइएको छ । गत सोमबार बिहान मोरङको बुढीगंगा–१ का दिपेन यादवको साथमा रहेकी एक वर्षीया मिसुका यादवलाई लिएर फरार अञ्जली साह भनिने महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

मोरङ  प्रहरीका प्रहरी नायव उपरीक्षक राजन कार्कीले घटनाको विषय चाँडै सार्वजानिक गरिने बताएका छन् । बालिकाको आमा ममताले बच्चा सकुसल रहेको बताएकी छिन् ।

बच्चा लिएर फरार भएपछि महिलाले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका समाचार समेत हटाउनुपर्ने माग समेत राखेकी थिइन् । लेखेको समाचार हटाउनुपर्ने अञ्जलीको दवावपछि बालिकाकी आमा ममताको आग्रहमा आवर विराटनगरले मंगलबार प्रकाशन भईसकेको समाचार समेत हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्