विराटनगरमा यायोक्खाको ‘किराँत सभ्यता’ पुस्तक विमोचन

विराटनगरमा यायोक्खाको ‘किराँत सभ्यता’ पुस्तक विमोचन

विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गराउन निरन्तर आन्दोलन गर्दै आएको किराँत राई यायोक्खाले ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको छ ।

विराटनगरमा मंगलबार औचापरिक कार्यक्रम आयोजना गरि किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई , सभामुख प्रदिपकुमार भण्डारी सहित मन्त्री र उपभामुखहरुबाट ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको हो ।


डा कैलाशकुमार राई र शालिक सतासक राईले सम्पादन गरेको उक्त्त पुस्तकमा प्रदेश १ को प्राचिन जाति किराँत नै भएको र सबैको साझा सभ्यता किराँत नै भएको खोजअनुसन्धानबाट पृष्टि गराइएको छ । पुस्तकमा प्राडा टंङकप्रसाद न्यौपाने , प्राडा बिष्णुएस राई , डा तारामणी राई , डा कैलाशकुमार राई डा धनप्रसाद सुवेदी र भोगिराज चाम्लिङ लगायतका एक दर्जन लेखकहरुका अनुसन्धानमुलक लेख र अन्तर्वाताहरु छन । पुस्तकमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड , प्राडा दिनेशराज पन्त , पत्रकार भवानी बरालले किराँत प्राचिन ईतिहास , साझा सभ्यता र सँस्कृति हो भनेर मनतव्य दिएका छन ।
बिमोचन कार्यक्रममा बोेल्दै प्राडा टंङक न्यौपानेले प्रदेश १ मा बस्ने पहिलो जाति किराँतहरु नै भएको र उनीहरुको सभ्यता प्राचिन मात्र नभएर साझा पनि भएकोले प्रदेशको नामाकरण किराँत पहिचानका आधारमा गरिँदा कुनै अनर्थ हुदैन भने । उनले दृश्टिकोण फराकिलो बनाएर सबैले सहमतीमा प्रदेशको नाम किराँत राख्नुपर्नेमा जोड दिदै लिम्बुवानबादीहरुलाई पनि सहमतीमा आउन आग्रह गरे ।
डा धनप्रसाद सुबेदीले प्राचिन सम्भता हराए गए मानव जातिकै अस्तित्व संकटमा पर्दै जाने भएकोले नेपालको प्राचिन र साझा किराँत सभ्यताको पहिचानलाई सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिए । किराँत राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राईले प्रकाशित ‘किराँत सभ्यता’ पुस्तकले किराँत जाति मात्रै हो कि सभ्यता पनि हो अनि कस्तो र कति पुरानो हो र प्रमाणहरु के के छन भन्नेबारे प्रस्ट बनाएको बताए । उनले समाजिक न्याय दिगो शान्ति र एकताका लागि प्रदेशको नामाकरण किराँत पहिचानका आधारमा हुनुपर्नेमा जोड दिए । प्रदेश १ का सभामुख प्रदिपकुमार भणडारीले किराँत सभ्यता हैन भनेर भन्न हिच्किचाउनुपर्नै कुनै कारण नभएको र दलहरुले नामाकरणमा सहमती बनाउन आग्रह गरे । मुख्यमन्त्री राजेन्द्रकुमार राईले किराँत पहिचानको पक्षमा आफु शसक्त्त रुपले उभिने प्रतिबद्धता गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्