रातो बंगलाको शिक्षण सिकाई सिक्दै एभरेष्टका शिक्षक

<span class='c1'>रातो बंगलाको शिक्षण सिकाई</span> <span class='c2'>सिक्दै एभरेष्टका शिक्षक</span>

विराटनगर । प्रदेश १ कै उत्कृष्ट विद्यालयका रुपमा स्थापित विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले सीप, संस्कार र प्रविधियुक्त शिक्षण पद्धति अवलम्वन गरेको छ ।

आईटीको भरपुर उपयोग गर्दै अघि बढेको एभरेष्ट स्कुलले हरेक कक्षाकोठा प्रविधियुक्त बनाएको मात्र छैन, शिक्षक र विद्यार्थीलाई समेत प्रविधिमैत्री बनाउँदै लगेको छ । एभरेष्टमा अध्ययन गर्ने विद्यार्थी शैक्षिक ज्ञानमा मात्र अब्बल नभई संस्कारयुक्त समेत हुनुपर्ने मान्यता राख्ने प्रिन्सिपल टिकाराम पुरीले भन्नुभयो,‘हाम्रा विद्यार्थी अनुशासित र संस्कारयुक्त हुनुपर्छ भनेर आफैले नैतिक शिक्षाको पाठ्यक्रम तयार गरिएको छ । हरेक शुक्रबार हाम्रा शिक्षकले विद्यार्थीलाई व्यवहारिक रुपमा नैतिक शिक्षा र संस्कारका बिषय सिकाउनुहुन्छ ।’ प्रविधि र संस्कार सँगै विद्यार्थीलाई सीपयुक्त बनाउनुपर्छ भनेर सीपमुलक शिक्षा दिने ब्राण्ड बनेको रातो बंगला फाउण्डेसनसँग सहकार्य गरिएको पुरीले बताउनुभयो । व्यवहारिकरुपमा सीपमुलक शिक्षण सिकाई गराउन आजदेखि रातो बंगालाले एभरेष्टका शिक्षकहरुलाई सीप विकास शिक्षक शिक्षा तालिम सञ्चालन गरेको छ ।

साताव्यापी तालिम आधारभुत तह र मन्टेश्वरी तहका शिक्षकका लागि अलग–अलग रुपमा सञ्चालन भइरहेको छ । तालिममा आधारभुत तहका ४५ जना र मन्टेश्वरी तहका २० जना शिक्षक शिक्षिकाले सहभागिता जनाउनुभएको छ । तालिमलाई सहजिकरण गर्न रातो बंगला फाउण्डेसनबाट कार्यक्रम संयोजक रिया मानन्धर सहित मिदेश महर्जन, बन्दना उप्रेती र रति महर्जन प्रशिक्षकका रुपमा रहनुभएको छ । उहाँहरुले शिक्षण सिकाईका विषयमा एभरेष्टका शिक्षकहरुलाई पहिलो चरणको तालिम दिनुहुनेछ भने,तालिममा सहभागि शिक्षकहरुले सोहि अनुसारको शिक्षण पद्धति अवलम्वन गर्ने एभरेष्टका सहायक प्रिन्सिपल टीएन भण्डारीले बताउनुभयो । वदलिँदो सञ्चारको युगमा प्रतिष्पर्धि बनाउन पुरातन शिक्षण पद्धतिले नहुने भन्दै एभरेष्टका प्रिन्सिपल पुरिले भन्नुभयो,‘विश्व एउटा गाउँमा रुपान्तरण भएको यस युगमा हाम्रा विद्यार्थी हरेक कुरामा अब्बल हुनुपर्छ भन्ने उद्देश्य हो । त्यसैले नविन प्रयोग र सीप र संस्कारलाई एकसाथ अघि बढाएका हौं ।’

विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेसन र काठमाडौंको रातो बंगला फाउण्डेसनबिच गत जेठ २७ गते प्रविधि र सीप विकासमा सहकार्य गर्ने सम्झौता भएको थियो । आगामी तीन वर्षका लागि सीपमूलक शिक्षाको विकासका निम्ति विभिन्न तालिम तथा प्रविधिमा सहयोग आदानप्रदान गर्न रातो बंगला फाउण्डेसनकी अध्यक्ष डा. शान्ता दिक्षित तथा एभरेष्ट एजुकेशन फाउण्डेसनका प्रिन्सिपल टिकाराम पुरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्