विराटनगर–१६ बाट एकलाख ३९ हजार मूल्य बराबरको सामाग्री नियन्त्रण

विराटनगर–१६ बाट एकलाख ३९ हजार मूल्य बराबरको सामाग्री नियन्त्रण

विराटनगर । विराटनगर–१६ बाट प्रहरीले भारतको जोगबनीबाट नेपालतर्फ अबैध रुपमा ल्याउँदै गरेको लत्ता कपडा नियन्त्रणमा लिइएको छ ।

प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको लत्ता कपडा (सेण्डो भेस्ट, टप्स, कुर्ता सुरुवाल, म्याक्सी, लेडिज सुरुवाल, पेन्टी, लेडिज कट्टु, बच्चाको हाफ पेन्ट, गाम्छा, बच्चाको जामा, बच्चाको भेस्ट, ब्लाउज) लगायत तथा खाध्यान्न सामान समेत गरी एकलाख ३९ हजार भन्दा बढीका वस्तु नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको सामान आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्